माधव पोखरेल गोज्याङ्ग्रेमूल फुटाऊ
पेलपाल ठोकाठोक नयाँ चाल नीति विपक्षी हौ शक्तिशाली जनतासँग प्रिती जनता कै नाम बेच्छौ सुन तस्कर गर्छौ मानव तस्कर माखे साङ्लो गोजी पनि भर्छौ ।

माधव पोखरेल गोज्याङ्ग्रे :
मुल फुटाऊ मुल फुटाउ सबै मिली मुल फुटाऊ
आन्दोलन र घोच्ने बोली यसैबाट मुल फुटाऊ
नियम कानुन चपाएर बेथितिको मुल फुटाऊ
एकापसमा ङार्रङुर्र दारा किट्दै मुल फुटाऊ ।
अहिलेको युग हाम्रो समयमा मुल फुट्नु पर्छ
संसद भित्र सुती सुती मुल फु्ट्नु पर्छ
संसद बाहिर गफ हाक्ने एक हुनु पर्छ
सुताहा र फुटाहाको अलग्गै गुट बन्नु पर्छ ।
हाम्रो माग गुट र फुटको स्वीकृत गर्नु पर्छ
सुत्ने हाम्रो अधिकार हो सुत्न पाउनु पर्छ
गफ हाक्दा थाकिन्छ नि आराम लिनु पर्छ
साँझ बिहान जनताको माम खानु पर्छ ।
फुट्ने मुल फुटिहाल्छ नफुट्नेलाई छाडौ
हानाहान र तानातानको सिद्धान्तलाई बाँडौँ
भूत प्रेत पिसाचका सन्तान नाच्छन् यतै
बिर्कोलाको दिमाग छ केश दाह्री सेतै ।
मुल फुट्ने गीतहरु गाउँछौ संसदमा
नसुन्नेले सुन्नु होला विकासको नाममा
टाठाबाठा हामी सबै छक््याउ नागरिक
भोलिका दिन जेजे होला आजै हौ सरिक ।
खुट्टा तान्ने खेल पनि खेल्नु पर्छ अब
कुर्सी भाँच्दै ठोकाठोकमा जानु पर्छ अब
बहादुर नेपालीका सन्तान भएका छौ
विश्वमा नाक कालो पार्ने नीति लिएका छौ ।
पेलपाल ठोकाठोक नयाँ चाल नीति
विपक्षी हौ शक्तिशाली जनतासँग प्रिती
जनता कै नाम बेच्छौ सुन तस्कर गर्छौ
मानव तस्कर माखे साङ्लो गोजी पनि भर्छौ ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































