साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश- ११)

मलाई हिन्दी उस्तो आउँदैन । तेसैले नेपाली मै भन्छु राम्ररी सुनी दिनोस् । अगिल्ला बक्ताहरूले भन्नु भएको कुरा बिल्कुल ठीक हो । तर पनि मलाई जहाँसम्म लाग्छ । हाम्रो काम अति मजाको हो । एक त देश विदेश वे पैसामा डुल्न पाइन्छ ।

Nepal Telecom ad
बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
११
बिहानको सात मात्रै बजेको छ । सत्तलको एका पट्टी लोग्ने मानिस लाइन लागि बसेका छन् । अर्को पट्टी स्वास्नी मानिस हातमा फुलको माला र काखमा पूजा सर्जाम राखी बसेका छन् । बीचमा एउटा सिंहासनमा पण्डित जी विराजमान भएका छन् । बातावरण सन्नाटा छ । एक भक्त पुस्पाञ्जलीको लागि फूल अक्षता लिई हिँडिरहेका छन् । सबैको इच्छा छ पुस्तक आइपुगोस् । यत्तिकैमा एक व्यक्ति पुस्तक काखी च्यापी भित्र पस्छन् । सबै भक्त तर्कना छोडेर पण्डितको श्लोकमा तल्लीन हुन जान्छन् । पण्डित चस्मा उनेर पाठ पढ्न थाल्छन्‌–
‘यू आर भेरी स्टेन्डेन्ट रियल्स् कार्ड भिल,
सहा नै जाता है नजर पेरी हम्को तुमरे दिल ।
छि खें नाफा धौछि च्वने दई धका आ थुलिधया,
जसो गर्छौ उत्तर गर अव म माथि धरी दया ॥’
स्तुति सकिँदासाथ सबै श्रोताहरूले पुष्पाञ्जली कितावमाथि राखी दिन्छन् । पण्डितजीले पुराण चालु गरिहाल्छन्‌–
लाहुरात्  पक्ष मादाय लाहुरे अत्र आगत,
विवाह लगने प्राप्य अकुर्वन् विवाह सस्वर ।
लाहुरबाट एउटा लाहुरेले पैसा प्रसस्त कमाएर यहाँ आयो । विहेको लगन धमाधम् चलिरहेको पाई उसलाई पनि बिहे गर्ने इच्छा भयो । पैसा कमाएको लाहुरेलाई विवाह गर्न के गाह्रो पर्थ्यो र ? भन्ने वित्तिकै केटी पाइहाल्यो । धूमधाम पैसा खर्च गरी विवाह सम्पन्न गर्‍यो । तर अपसोच ! घर ल्याएको १०/१२ दिनमा नै विचरी केटी मरी । लाहुरेले छाती पिटीपिटी रोयो । समाजको नियम अनुसार दाह सस्कार गर्नु परि हाल्यो । धैर्य बनेर उसले केटीको अनुहार हेरी रुँदै सोच्यो–
मैले आखिर जे जत्ती खर्च गरी ल्याएँ, त्यो एक चोक्टा मासुकै निमित्त ल्याएको हुँ । त्यो एक चोक्टा झिकेर अरु शरीर जलाई दिनु पर्‍यो; त्यसले त्यसै गर्‍यो पनि । दुई तिन दिनपछि त्यो चोक्टा गनाउन थाल्यो । लाहुरेलाई पर्‍यो फसाद । सुनको लाप्सा छँदै थिएँ । त्यसैले उसले मासु र सुन बोकी खोल बनाउन बाँडाकहाँ हिँड्यो ।
अचम्मको चीजमा खोल हाल्न ल्याएको देखि बाँडा जिल्ल पर्‍यो र सात दिनपछि लिन आउनु भनी पठाई दियो । लाहुरे सामान दिई घर फर्के पछि बाँडाले बिचार गर्‍यो–
यो अमूल्यको चीज हुनु पर्छ, एक टुक्रा चाखी हेरौँ । जब उसले एक टुक्रा चाखेथ्यो, अरु पनि खाउँ खाउँ लागी हाल्यो । एक–एक टुक्रा चाख्दै जाँदा सानो एक टुक्रा मात्रै बाँकी रहेपछि उसले त्यसको जन्तर बनाई दियो । सात दिनपछि लाहुरे लिन जान्छ त जन्तर बनिरहेको । धेरै बेर बादविवाद भएपछि लाहुरेले त्यहि जन्तर बोकी घर फर्क्यो भन्ने कुरा यथामति यहिं विस्तार भयो । हरए नम :।
किशोरी सोह्र वर्षेण दृष्ट्वा पुरुष हेण्ड सम,
कृडार्थ गुह मादाय अवदेत् कुरु सत्तवर ।
सोह्र वर्षकी तरुनीले एउटा लाएक केटोलाई देखि खेल्न मोज मज्जा गर्नको निमित्त घरमा लगेर आफू नाङ्गी बनी पलङ्गमा सुती भनी–
“यो कोठामा भएको सबै तिम्रै हो जे गर्नु पर्छ गर । जे चाहिन्छ लिई जाउँ । बरु छिटो गर ।”
तरुनीको कुरा सुनी केटोले चारै तिर हेर्‍यो । कहिं कुनै काम लाग्ने सामान देखेन । पछि उही केटी उत्तानो परी सुतेको पलङ्ग मुनी स्विङ्ग मसिन देख्यो र तुरुन्त बोकी ढोकामा रहेको साइकिल चढी दुगुर्‍यो । केटी छक्क परी । उस्को काम वासना पूरा हुन सकेन । भन्ने कुरा यथा मति यहिं विस्तार भयो । अर्को अध्यायमा बौलाहाको वर्णन गरिन्छ । हरय नम : ।
 ‘रुस देशे पागल खानान् एक पागल मस्तरे
सूची कृत्वा बसेत् दृष्ट्वा डाक्टरे कल सत्तवरे ।’
रुसको पागल खानाको अटालीमा बसी एउटा बौलाहाले सूची गर्दै थियो । डाक्टर आएको देख्ना साथै बौलाहाले सूचीगर्नै छोडी दुगुर्‍यो । त्यस पागललाई देखि डाक्टरले डाकी सोधे–
“हैन, तिमी मुतिरहेका थियौ । मलाई देख्दा साथ किन भाग्यौ ? मलाई राम्ररी भन !” डाक्टरको कुरा सुनी पागलले भन्यो–
‘त्यो धारोमा समातेर तपाईंले तानी दिनु भयो भने म लडी हाल्ने थिएँ । त्यसैले भागेँ ।’
पागलको कुरा सुनी डाक्टर हाँसे भन्ने जो कुरा छ यथा मति यहिं विस्तार भयो । हरए नम : ।
‘एक जवान केटेन बच्ची विहे कृत पुन :
सः कृडार्थ यथा गच्छ मातु बदती माकुरु ।’
एउटा जवान केटोले सानी बच्ची बिहे गरेको थियो । जब ऊ केटीसँग आनन्द लिन जान खोज्थ्यो, आमाले भन्थिन् बुहारी सानी छ । एक रात केटाले बच्चीलाई बाख्राको खोरमा लगी के खेल्न लागेको थियो, अँध्यारो भएकोले खेल हुन सकेन र करायो–
‘आमा, टुकी….’
छोराको एक्कासी टुकी… को आवाज सुनी बुढीले टुकी लिई के तल वर्लिएकी थिइन्, देखिहालिन् भर्‍याङ्गमुनि आफ्ना छोरा बुहारी । रीशले के लात कसेकी थिइन् खेल पुरा भएकोले आनन्द मान्दै छोराले भन्यो– ‘आमा ! फेरि पनि हानन ।’
पुण्यात्मा सबै पुराणमा मुग्ध भए । सबै खुशी भएका पाई पण्डितले लक्कु निक्कै भर्ने अनुमान गरी अर्को स्कन्ध सुरु गरे–
‘अद्य मया प्रण कृत्वा संभोगामी पृथक् पृथक्
यह दृष्ट्वा प्रथम मार्गे दन्त दृष्ट्वा पुनः पुनः’
एउटा केटाले आफ्नो साथीलाई भन्यो –
अरे यार ! आज मैले एउटा प्रतिज्ञा गरेको छु । यो बाटो हिंडदा जुन स्वास्नी मानिसलाई पहिले देख्छु, त्यसको दाँत गनेर जति दाँत छ त्यत्ति पल्ट संभोग गर्छु । पत्याउँदैनस् मेरो कुरा भने हिँड ।
साथीको कुरा सुनेर श्रीमतीको बेलवटम पेन्ट लगाई आएको त्यो केटो पनि साथीको पछि लाग्यो । बाटो हिँड्दा हिँड्दा कुनै पनि स्वास्नी मानिस पनि फेला परेन । अन्त्यमा एउटी कुप्री परेकी बुढी लठ्ठीको आडमा आइरहेकी देखे । साथीले त्यस बुढीलाई देख्दा साथ भन्यो– ‘लौ तिम्रो प्रतिज्ञा पुरा गर ।’
साथीको कुरा सुनेको उसले बुढीलाई भन्यो–
‘बुढी, आज मैले तिमीलाई संभोग गर्छु, सुत ।’
केटाको त्यो कुरा सुनेकी बुढीले थोते मुख हल्लाउँदै भनी–
‘बाबु, म जस्तो बुढीलाई के भनेका ? बजै भन्न सुहाउने बुढीलाई स्वास्नी बनाउन तिमी चाहन्छौ भने तिमीलाई के मानिस भन्ने ? मानिस होइनौ जाऊ । हट् ! बाटो छोड !’
बुढीको कुरा सुनेको उसले मुक्का कसेर भन्यो–
‘मारौं कि सुत्छेस् ?’
प्राणको मायाँ भएकी बुढी सुती दिई । केटाले मुख खोलेर हेर्‍यो । एउटा झर्न लागेको दाँत हल्लिरहेको देखि एक पटक संभोग गरेर के उठेथ्यो बुढीले भनी–
‘बाबु, एक पल्ट मात्रै के गर्छौ ? मेरो धीत मरेन अरु पनि गरन ।’
बुढीको अनुरोध सुनी उसले भन्यो–
‘मेरो जति दाँत भएको आइमाई देख्छु दाँत गनेर त्यत्तिनै पल्ट संभोग गर्ने प्रतिज्ञा थियो, तिम्रो एउटा दाँत देखें एक पल्ट गरेँ । मेरो प्रतिज्ञा पुरा भयो, अरु गर्दिन ।’
त्यो कुरा सुनेपछि बुढीले चाउरी परेको गाला च्याती अर्को झर्न लागेको बंगारा देखाई भनी–‘यी अर्को पनि छ, एक पल्ट फेरि गर ।’
केटोले पुनः एक पल्ट संभोग गर्‍यो । बुढीलाई पनि संभोगको इच्छा हुन्छ भन्ने कुरा यथामति यहिं विस्तार भयो । हरय नम : ।
बुढीहरूले भक्तिपूर्वक फूल अक्षता पण्डितलाई चढाए । अर्को अध्याय सुरु भयो–
‘दम्पत्ती द्वय मायाय मोटरे नियालये मयोै
सम्बन्ध विच्छदे कृत्वा पुनरा गमना यच ।’
मोटरमा बसेर दम्पत्ती संवन्ध विच्छेद गर्न नियालय गए । प्रधान न्यायाधीशले किन संबन्ध विच्छेद गर्न चाहेका रहेछन् ? वयान लिनू भनी विचारीलाई दिए । महिलालाई पहिला स्थान दिनु पर्ने हुँदा श्रीमतीको पहिले बयान लिन थालियो–
“हैन, तपाईं किन संबन्ध बिच्छेद गर्न चाहनु हुन्छ ?”
“मैले उहाँको एक हात लामो होला, नभए पनि एक वित्ताको त होला भन्ने सोचेकी थिएँ, पाएँ चार अगुंलको त्यसैले ।”
“श्रीमानजी, तपाईं किन संबन्ध विच्छेद गर्न चाहनु हुन्छ नि ?”
“मैले सोचेको थिएँ, केराउको गेडा अट्ने खालको होला, नभए पनि हाँसको फूल अट्ने खालको होला, पाएँ फर्सी अट्ने त्यसैले ।”
दुबैको बयानबाट संबन्ध विच्छेद गरी दिनु ठीक ठहराई अदालतले संबन्ध विच्छेद गरिदियो भन्ने कुरा यहि वर्णन भयो । हरय नमः ।
‘देश देशांत् पतिता हुम्य पुरस्कार तयार कृत्‌
कम्पीटीशन कृत्वा तान् पुरस्कृत त्रयो जनान् ।’
बेलायतमा रण्डी प्रतियोगिता गरियो । देश विदेशका रण्डीहरू भेला भए । सानो सोधपुछबाट नै केही हटे । बाँकीको प्रतियोगिता लिइयो । प्रतियोगितामा फेरि केहि बाइकट भए । पुरस्कार तीन वटा मात्र भएको हुँदा १/१ देशको एक/एक रण्डी छान्ने कमिटिले निर्णय गर्‍यो ।
भारतको एउटी, रुसकी एउटी र बेलायतकी एउटी रण्डी चुनिए । प्रथम पुरस्कार कसलाई दिने ? अनि द्वितीय र तृतीय कसलाई ? त्यसैले एक समारोहको वीच तिनीहरूको पुनः प्रतियोगीता हुने भयो ।
सर्बप्रथम रुसकी रण्डी नाङ्गो बनेर समारोहमा उत्री । ताली बज्यो । उसले प्रशस्त नक्कल गरी । एक सदस्यले श्याउ गुडाई दिए । रण्डी नाचेर थ्याच्च श्याउमाथि बसी उठ्दा श्याउ गुम् । ताली घन्केर बज्यो । रण्डी आफ्नो ठाउँमा गएर बसी ।
भारतकी रण्डी उठेर अनेक चमत्कार झिक्न थाली । यत्तिकैमा एउटा सज्जनले तर्बुजा गुडाई दिए । रण्डी थ्याच्च त्यसमाथि बसी उठ्दा तर्वुजा गुम् । ताली रन्केर बज्यो ।
अन्त्यमा बेलायतकी रण्डी उठेर हरेक चटक् झिकी । कसैले केहि गुडाई दिएनन् । आफ्नो प्रोग्राम खत्तम हुने बेला उसले दुई हातको दुई–दुई औंला घुसारेर सिठ्ठी बजाई दिई । ताली आधा घन्टासम्म बजी रह्यो । प्रथम पुरस्कार त्यसैले पाई । दोस्रो भारतेलीले र तेस्रो रुसकीले पुरस्कार पाई भन्ने कुरा यहिं वर्णन भयो । हरय नम : ।
अध्याय सकिंदा साथ भक्तहरूले अबीरले पण्डितजीलाई जात्राको पोडे जस्तो बनाई दिए । पण्डितजीले अश्लील पुराणको अन्तिम अध्याय सुरु गरे –
‘फष्ट क्लासे महिला डिब्बे मोर्डन लेडी समागत
तत्रैक पुरुष तुष्णी तिष्ट्वा आगत सत्तवरे ।’
फष्ट क्लासको महिला डिब्बामा एउटी आधुनीक केटी बसेर आईरहेकी थिई । त्यसै डिब्बाको सामान राख्ने ठाउँमा एउटा मानिस पनि चुपचाप साथ आइरहेको थियो ।
बनावटी शरीर भएकी त्यस केटीले आफ्नो शरीरको हरेक भाग झिक्दै टेविलमाथि राख्न थाली । चूपचाप साथ आइरहेको त्यस व्यक्तिले सबै हेरिरहेको थियो । जब खुट्टा, कान, नाक झिकेर राखी सकेकी थिई, तब उसले माथिबाटै करायो–
‘माल झिकेपछि माथि नै फ्याँक है ।’
पण्डितजीको हरेक पुराण जयबहादुरले सुनेका थिए । पुराण सकेपछि पण्डितले भेटीघाटी दक्षिणा सबै टापनटुपन गर्‍यो । बुढी खाडी र बुढा पाका सबै बुद्धु भक्त गई सकेपछि एउटी तरुनीलाई काखी च्यापी पण्डित भट्टी पशलतिर लागे । जयबहादुर पनि पण्डितजीको कर्तुत हेरी पछि लागे ।
रात परिसकेको र आफ्नो पिछा कोहि नरहेको अनुमान गरी पण्डित चारैतिर पालाक्‌–पुलुक हेरी भित्र पसे । जयबहादुर पनि भित्र घुसे । तरुनीले के खाने ? के ल्याऊ भनौ भन्ने प्रश्न गरेपछि पण्डितले आधि सिन्दुर लोपरिएको पैसा झिकी आदेश दिए– ‘ए बुढी, एक प्लेट बङ्गुर र दुई सिसी ल्याऊ त ।’
बुढीले ल्याई दिई । हतारले तानेर पण्डितजी पक्कु लडाउन थाले । केटी उसको काखमा गई बसी । पण्डितले उसको गाला निचरे, म्वाई खाए । पक्कु खुवाए । यत्तिकै चल्दाचल्दै केटी काखबाट वर्ली । बाजेले उसको काखमा टाउको राखेर घुर्न थाले । जयबहादुर बाहिर निस्के ।
जड्याहा बाहुनको पुराण कानमा गुञ्जन थाल्यो । बाटो हिंडेको उनलाई अत्तो पत्तो भएन । टंगाल जान हिंडेको उनी चाबहिल पुगेछन् । पछि के बिचारले हो कुन्नी टक्क अड्दा पो पत्तो पाए बाटो भुलेको । एक पाइलो अगाडि नवडाई पुनः उनी फर्के । रीशले आँखा नदेखेका उनले भण्डार खालमा जोगी को भण्डारा हेर्ने मौका पाए ।
एक त रातको भण्डारा दोस्रो प्रवचन पनि सुन्न किन चुक्थे । बसे उनी धर्ना कसेर । हलुवा पुरी र बुनीयाँले पेट चर्केका जोगी महाराजहरू हातमा गाँजा मल्दै प्रवचनमा सामेल भए । एक कन्फट्टाले चिम्टा र त्रिशुल हल्लाउँदै अघि सरी दिन थाल्यो प्रवचन– पृय योगियों !
हमारा नियम है, शास्त्र बोलता है कि हम लोगों ने दश घर से ज्यादा नहिं मागना चाहिए । यह नियम पहले ही बना हुवा था । उस बखत एक ही घर मे अलक जगाने से काफी था, सब लोग दान देनेमें तत्पर थे । एक ही बार ‘अलक बम् बम्‌’ का नारा लगाते ही भिक्षा देनेको द्वार पर खडा होते थे । आज वैसा समय नहिं है । इसी लिए हम लोगों ने ऐसा करना चाहिए कि जौन सा घरमे मर्द नहिं है वहि घरमे घुँसकर जौन सा सामान मिला चुप चाप से झोली भर रख कर चल देना चाहिए । किसिने दिख लिया तो कह देना चाहिए –‘हम बाबा है, किसीका चोरी चकारीके लिए नहिं आते है । यस सामान बाहर बहि सही पडा हुआथा इसलिए रखदिए झोली मे । आप लेना चाहते है तो लेसक्ते है । तव कौन झगडा तगडा कर लेगा ?’
जोगीहरूले ताली बजाए । अर्को शिक्षित जोगी उठेर प्रवचन दिन थाल्यो –
बन्धुओं, चोरी करना नहिं चाहिए । राजनीति मे चलना सबसे वडा काम है । अगर कोहि चान्स मिला तो मन्त्री होने में कोहि दिक्कत नहिं है । अगर पकड लिया तो फर्ष्ट क्लासका रासन मिलता है, पाजी पेट पूजा कर्ने मे क्या दिक्कत ? भाइयों यहि है सब से अच्छा काम् ।
केहि जोगीले ताली लगाए केहि चुप चाप बसे । तेश्रो जोगी उठेर भन्न थाल्यो –
मलाई हिन्दी उस्तो आउँदैन । तेसैले नेपाली मै भन्छु राम्ररी सुनी दिनोस् । अगिल्ला बक्ताहरूले भन्नु भएको कुरा बिल्कुल ठीक हो । तर पनि मलाई जहाँसम्म लाग्छ । हाम्रो काम अति मजाको हो । एक त देश विदेश वे पैसामा डुल्न पाइन्छ । दोस्रो घर घरका तरुनीको हात समातेर दिललाई शान्त गर्न पनि सकिन्छ । तेस्रो कुन घरमा राम्री केटी छे भन्ने जान्न सकिन्छ । चौथो चोरी गर्नमा समेत मौका मिल्छ । दिन भरी पहेंलो कपडा लगाएर घुमी दियो । दुई चार रुपैयाँ भए पनि मिली हाल्छ । राती सुट लगाएर सिनेमा हेर्न गए कसले चिन्ने ? मन्त्री हुने र चोर्ने मौका हेर्नु भन्दा घरघर चाहर्दै मागी दिनु नै सर्वोत्तम छ । दुबै हातमा लड्डु भनेको यहि हो । अरु केहि छैन । मेरो मोजको वर्णन गरौं भने तपाईंहरूले थुक् घुटुघुटु निल्नु हुन्छ । म गीत गाउँछु । मेरो श्वर फर्ष्ट क्लासको छ । दिउँसो डुल्दा जहाँ तरुनी देखेर आउँछु, राती त्यही गीत छोडीदिन्छु । जवानीले मत्त भएकी केटी वर्लिहाल्छे । किस दियो लाग्यो बाटो । मैले दिनदिनै सिनेमा पनि हेरेकै छु, बेलबटम् धारी श्याक्स् धारी, हस्व्याण्ड चोली धारी र लंगा धारी कैइयौं केटीलाई पनि काखी च्यापेकै छु । म गोकर्णमा पुग्दिन कि बालाजुमा पुग्दिन कि, रत्न पार्कमा पुग्दिन कि ? कहाँ पुग्दिन ? जताततै मलाई स्वागत छ । सबै तरुनीले मायाँ गरिहाल्छन् । चाहियो के ? पहिले केहि डर लाग्थ्यो केहि गरी अल्झी हालेछ भने गर्ने के ? आज मलाई त्यसको पनि डर छैन । एक मोहरको कण्डम किनेपछि बाह्र दिनलाई काफी भै हाल्छ । डराउनै पनि किन पर्‍यो ? कुरा धेरै थिए । आज पनि केटीलाई रत्नपार्कमा भेट्ने प्रोग्राम राखेको छु । त्यसैले विदा माग्छु । अर्को भण्डारमा आफ्नो अनुभव सबै वताउँला । अलक… बम् बम् ! जय शंकर … महादेव !
ताली घन्केर बज्यो । सबै बाबा घुर्न थाले । जयबहादुर फटाफट् हिंडे । जोगी प्रतिको श्रद्धा पनि निमिट्यान्न भयो । ब्राम्हण र जोगी दुवैलाई राम्ररी चिने । रीश उर्ली उर्ली आउन थाल्यो । दाह्रा किट्दै घर पुगे घडीले ट्वाङ्ग ट्वाङ्ग बाह्र हान्यो ।
०००
चार थुम्का (२०७६)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x