साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रखेल

त्यो भन्दा पछिको चुनावमा पनि कुनै कारणले बजेट विनियोजन हुनसकेन अहिले चुनावमा भोटका कुरा सुरू नगर्दै आगो बन्यो। दलालको रखेल पो भन्यो त्यो सुदन मुर्दारले।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“बोल्नु छ भन्दैमा जेपायो त्यही बोल्ने ?”- जागे आफ्नाबाटै उफ्रियो।

“के भयो दाइ किन यसरी रिसाएको ?”- भिमले जागे रिसाएको देखेर सोध्यो।

“मैले के गल्ती गरेँ भन त ? धनेको घरको छेउमा बाटो बनेन, त्यसको रिस ममाथि खन्याउने किन ? सक्छ भने आफ्नै आँगनमा मूलबाटो बनाओस् तर मलाई आरोप त नलगाओस्।”- जागे आफ्नै सुरमा फतफताईरह्यो।

“खै त दाइ हजुरको कुरा बुझे पो भन्ने के भएको हो कुरा ?”- भिमले असली कुरा बुझ्न खोज्यो।

“मलाई झोले भन्यो म चुप रहें, मलाई दलाल भन्यो फेरि पनि । सानो गरिब मान्छे भनेर माफ गरें अहिले त मलाई दलालको पनि रखेल भन्दा मलाई कस्तो भयाे होला ?”- उसले भन्यो‌। ऊ अझै पनि रिसले कालो निलो बनेको थियो।

“उस्क पछिल्तिरको पाटो पनि काटिएछ बाटो बनाउँदा अनि किन उसले निकास पाएन त ?”- भिमले प्रति प्रश्न गर्यो ।

“खै त्यो पाटो उस्को घर पछि रहेछ त्यहांबाट बाटो निस्किएछ। पहिले चुनावको बेला निकासको माग गरेको थियो उसले। तर बाटोको नक्सा अन्तै परेछ। उसलाई निकास मिल्न सकेन, त्यो भन्दा पछिको चुनावमा पनि कुनै कारणले बजेट विनियोजन हुनसकेन अहिले चुनावमा भोटका कुरा सुरू नगर्दै आगो बन्यो। दलालको रखेल पो भन्यो त्यो सुदन मुर्दारले।”- जागे झन रिसाउँदै भन्यो।

“घरी घरी घोंचेपछि त दुलाभित्र पसेको सापले पनि फर्केर टोक्छ। हजुरले त्यसरी आश्वासन दिने उसैको बारी पनि बाटोले काट्ने अनि उसले गाली नगरेर के हजुरको पुजा गरोस् त ?”- भिमले जागेतिर हेरेर अँध्यारो हुँदै भने।

“अरे भाइ ! मैले पनि के गरौ  भन्या ? उसको घरको पछाडिबाट जाने बाटो ठ्याक मन्त्री महोदयको घरमा पुग्ने बाटो हो। त्यहाँ फेरि ठ्याक्कै बाटोमा सुदनकै एउटा पाटो परेछ अहिले जिताएपछि मन्त्रीलाई भनेर काटिएको पाटोको थोरधेरै रकम दिलाउँला भनेर सोंचेको थिएँ।”

“ए….ए… सुदनले सही भने छ हजुर मन्त्रीको रखेलनै हो त्यसो भए।”- भिमले सुस्तरी भन्यो।

०००
दाङ घोराही १८
०१-०१-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x