साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन व्यङ्ग्यात्मक लघुकथा

त्यहाँ एउटा जनै र तिलक लगाएको मानिस बर्थडे केक काट्तै थियो । राजाले मन्त्रीसित सोधे, ‘के हो यो ?’ मन्त्रीले भने, ‘महाराज, यही त हो नि हाम्रो भारतीय आधुनिकता !’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद रमेश समर्थन

१. वकिल

कुनै समयको कुरो हो । कुतर्कतीर्थ पं. फौजदारी आफ्नो समयका सबैभन्दा ठुला वकिल थिए । उनकी एउटी छोरी मात्र थिइन् । उनी आफ्नो परम्परा यसै गरी बढिरहोस् भनेर आफ्नी छोरीको विवाह कुनै यस्तो प्रतिभाशाली युवक वकिलसँग गरिदिन चाहन्थे ।

उनको चाहना बुझेर एक दिन पाँचछजना प्रतिभाशाली युवकहरू उनीलाई भेट्न आए र आआफ्नो प्रतिभाको बखान गर्न थाले ।

एउटाले भन्यो, ‘मेरो लाइब्रेरीमा कानुनका एक लाख किताबहरू छन् र म प्रतिदिन दश घण्टा अध्ययन गर्छु ।’

अर्कोले भन्यो, ‘क्रस एक्जामिनेसनमा त बडा बडा जजहरूले पनि मेरो प्रतिभाको सराहना गर्छन् ।’

तेस्रोले भन्यो, ‘कानुनको सूक्ष्मतामा त कसैसँग पनि मेरो तुलना हुन सक्दैन ।’

सबैले आआफ्नो गुणहरू बताए । एउटा तन्नेरी वकिल भने केही नबोली बसिरहेको थियो । पण्डित फौजदारीले उसलाई भने, ‘तिमीले केही भनेनौ त ! तिम्रो लाइब्रेरी कस्तो छ ? तिम्रो तर्कशक्ति कस्तो छ ? तिम्रो अध्ययन कस्तो छ ? आदि ?’

उसले भन्यो, ‘तपाई त यी किताब, अध्ययन र तर्कको फेरीमा पर्दै पर्नुहुन्न । तपाईं त सोझै साक्षीलाई भाँड्नुहुन्छ र जित्नुहुन्छ । यसैबाट तपाईंको अभ्यास चलेकै छ ।’

वकिलसाहेबले उसैसित आफ्नी छोरीको विवाह गरिदिए ।

००

२.आधुनिक

एउटा राजा भेस बदलेर आफ्नो मन्त्रीसित प्रजाको हालतह हेर्न निस्किँदा रहेछन् ।
एक दिन राजाले एउटा झ्यालबाट एउटा घरमित्र हेर्दै थिए । त्यहाँ एउटा जनै र तिलक लगाएको मानिस बर्थडे केक काट्तै थियो ।

राजाले मन्त्रीसित सोधे, ‘के हो यो ?’

मन्त्रीले भने, ‘महाराज, यही त हो नि हाम्रो भारतीय आधुनिकता !’

००

३. भगवान्‌को प्रकाश (खुदा का नूर)

हजरत मुसा नामका एकजना सज्जन दिक्दारिएर पहाडमाथि गएछन् र एकै छि एकान्तमा शान्तिले बसुँला भनेर सोचेछन् । उनले आँखा चिम्लेर भगवान्‌को स्मरण गर्न थालेछन् । आँखा उघार्दा त के देखेछन् भने जसलाई उनले थुप्रै उधारो र सापटी तिर्न बाँकी थियो उही नुरू नामको बनियाँ उभिएको छ ! नुरूले भनेछ, ‘के हो ? उधारो तिर्न मन नलागेर यहाँ आएर मुख लुकाउन खोज्यौ ?’

हजरत मुसा उसलाई देखेर बेहोस भएछन् ।

मानिसहरूले उनलाई उठाएर लगेछन् उनी त भगवान्‌को प्रकाश देखेर बेहोस भएका हुन् भनेर प्रचार गरिदिएछन् ।

वास्तवमा उनी त साहूलाई देखेर बेहोस भएका थिए र साहूहरू नै यथार्थमा भगवान्‌का प्रकाश हुन्छन् ।

०००
यसमा परेका लघुकथाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली’ २ को ‘पाँच लघुकथाएँ’बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
कारण

कारण

रामकृष्ण ढकाल
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x