साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लज्जास्पद

जे होस्, ती रुसी भाइलाई ‘यो भारतीय बनिया संस्कृति हो’ भनेर सम्झाइएको थियो र भनिएको थियो यो भारतको आम जनसंस्कृति भने होइन ।

Nepal Telecom ad

हरिशंकंर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

‘भारतीय बनिया संस्कृति’ एउटा छुट्टै संस्कृति हो । यस संस्कृतिको लक्षण के हो भने कुनै पनि विषयमा मानिसको मनमा पहिले आउने विचार भनेको यसमा म कहाँ, कसरी र कतिसम्म बेइमानी गर्न सक्छु भन्ने हो ।

मानिसहरूलाई सम्झना हुनुपर्ने हो, एकपटक भारतीय बनियाहरूले मलायालाई पहिले राम्रो आलस देखाएर पछि नराम्रो आलस पठाएका थिए । यसमा ठुलो बदनामी भएको थियो । एकपटक इजिप्टसित पनि राम्रो सामानको मूल्य गरेर बोरामा माथिमाथि राम्रो माल र भित्र ढुटो भरेर पठाएका थिए ।
अहिले एउटा घटना अर्को भएको छ ।

एउटा निकै चलेको र नामी होटेलमा रुसी दूतावासका सांस्कृतिक सचिवलाई राखिएको थियो, प्रतिदिन रु.१५ मा । दुई दिन बसेर जाने वेलामा उनले बिल माग्दा उनलाई रु. ४५को बिल थमाइयो । उनले यो रु.४५ कसरी भयो भनेर सोध्दा भनियो, ‘तपाईंले त तीन दिन अडिने कुरो गर्नुभएको थियो । त्यसैले तीन दिनकै पैसा लिएको हो ।’ उनले दुई दिन बसेर तीन दिनको पैसा तिर्नु त गलत हो नि भनेपछि भने तत्कालै रु.३०को बिल बनाएर दिए ।
पहिलो बिललाई च्यातेर होटेलको अधिकारीले फ्याँक्यो तर त्यो रुसी भाइले टिपे ।

अनि उनले त्यसमा दुई दिनको नै रु.४५ लगाएको हिसाब देखे । अनि उनी निकै रिसाए र भने, ‘‘तिमीले दिनको कति पैसा लिनुपर्ने हो, त्यो लेऊ तर बेइमानी नगर । भन त हामी त विदेशी हौँ नि । अब हामीले तिम्रो संस्कृति र चरित्रबारे कस्तो धारणा बनाएर जाने ?’’

जे होस्, ती रुसी भाइलाई ‘यो भारतीय बनिया संस्कृति हो’ भनेर सम्झाइएको थियो र भनिएको थियो यो भारतको आम जनसंस्कृति भने होइन । भारतको जनसंस्कृति त उनले त्यति वेला देखेका थिए जति वेला नौकाविहारपछि उनले बोटेहरूलाई रु.५ दिँदा उनीहरू ‘तपाईं त हाम्रा पाहुना पो हुनुहुन्छ । हामी तपाईंसित कसरी पैसा लिन सक्छौँ ?’ भन्दै फर्काएका थिए ।

०००
यो लघु रचना ‘परसाई रचनावली’४ को ‘शर्मनाक’ शीर्षकबाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
चौबेजीको कथा

चौबेजीको कथा

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
शक्ति

शक्ति

लीलाराज दाहाल
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x