बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भयौँ तिरीमिरी झ्याइँ ?
स्याउ झ्याउ, किन्नै दिक्क, केरा झन् चुलियो । तिहारका फलफूल छैनन् है गुलियो ।। डेट्स्पायर दाल चामल, पर्वैमा हुलियो । अनुुगमन नाममात्र, चुनाव चुलियो ।

प्रति किलो सयमात्रै, चिन्न थाल्यो चिनी ।
लशूनले सुन जिती, गर्छ रिमीझिमी ।।
खानेतेल लिटरको, चारसय अरे ।
लोकतन्त्र गणतन्त्र, यै हो ठुलाघरे ? ?
अक्कासिए प्याज मुुला, आलु र पिँडालु ।
महँगी त बनिसक्यो साक्षात् बाघभालु
एक माना घिउ किन्न, हात्ती हात्ती गन्छौँ ।।
मसलाका भाउ सुन्दा, काल आइज भन्छौँ ।
गोलभेडा भेडा बनी, सय भन्न थाले ।
अबिरेले तलबभत्ता, घिच्दै मूल्य बाले ।।
बस ट्याक्सी जहाजका भाडा टाढा पुगे ।
चुनावका ब्यौलाहरू कता कता लुके ।।
स्याउ झ्याउ, किन्नै दिक्क, केरा झन् चुलियो ।
तिहारका फलफूल छैनन् है गुलियो ।।
डेट्स्पायर दाल चामल, पर्वैमा हुलियो ।
अनुुगमन नाममात्र, चुनाव चुलियो ।।
बालीनाली लुट लाले काले र मङ्गले ।।
साँडा साँडी बोका राँगा उफ्रे बेढङ्गले ।।
जल थल नभ अझ सिन्डीगेट बढ्यो ।
मोल भाउ चटारिँदै सगरमाथा चढ्यो ।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































