सञ्जय साह मित्रसाहित्यकारको रुख
आँखा च्यातेर हेरिरहेको थिएँ, एउटा कसिंगर आँखैमा पर्यो । आँखा मिच्दै थिएँ, एउटा नरिवल मेरो खप्परमा खस्यो । मैले तिरीमिरी झ्याइँ देखे ।

“साहित्य रंगीचंगी फूलबारी हो” भनेर पढेको म । साहित्यलाई जन्माउने साहित्यकार त झन् रुखको फूलबारीभन्दा ठूलो हुनुपर्ने भन्ने मेरो उपबुझ्याइँ । यस्तैमा एक दिन एक जना ठूला साहित्यकारलाई भेट्ने अवसर प्राप्त भयो ।
अवसर जुराइदिने मझौला साहित्यकार थिए । मझौलाले म बबुरोअगाडि ठूलाको वणर्न गर्दै अग्लो न अग्लो नरिवलको रुखभन्दा पनि अग्लो बताइदिए ।
म जसै पुगेंँ तसै शिरलाई उठाएरै हेर्नुपर्यो । यति अग्लो रुख कि तलबाट नरिवल फलेको हो कि सुपारी चिन्नै सकिनँ । मेरो यो फल र मेरो त्यो फल भन्दै अग्ला र मझौला रुखले मलाई चिनाइरहे ।
कति माथि के के फलेको हो थाहै भएन । चिन्नै सकिनँ, ठम्याउन्नै सकिनँ । आँखा च्यातेर हेरिरहेको थिएँ, एउटा कसिंगर आँखैमा पर्यो । आँखा मिच्दै थिएँ, एउटा नरिवल मेरो खप्परमा खस्यो । मैले तिरीमिरी झ्याइँ देखे । दिउँसै ताराहरु देख्न थालें ।
बल्ल मलाई थाहा भयो- साहित्यकारको ठूलो रुख हुन्छ र कठिन फलहरु लटरम्म फलेका हुन्छन् ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































