साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकारको रुख

आँखा च्यातेर हेरिरहेको थिएँ, एउटा कसिंगर आँखैमा पर्‍यो । आँखा मिच्दै थिएँ, एउटा नरिवल मेरो खप्परमा खस्यो । मैले तिरीमिरी झ्याइँ देखे ।

Nepal Telecom ad

“साहित्य रंगीचंगी फूलबारी हो” भनेर पढेको म । साहित्यलाई जन्माउने साहित्यकार त झन् रुखको फूलबारीभन्दा ठूलो हुनुपर्ने भन्ने मेरो उपबुझ्याइँ । यस्तैमा एक दिन एक जना ठूला साहित्यकारलाई भेट्ने अवसर प्राप्त भयो ।

अवसर जुराइदिने मझौला साहित्यकार थिए । मझौलाले म बबुरोअगाडि ठूलाको वणर्न गर्दै अग्लो न अग्लो नरिवलको रुखभन्दा पनि अग्लो बताइदिए ।

म जसै पुगेंँ तसै शिरलाई उठाएरै हेर्नुपर्‍यो । यति अग्लो रुख कि तलबाट नरिवल फलेको हो कि सुपारी चिन्नै सकिनँ । मेरो यो फल र मेरो त्यो फल भन्दै अग्ला र मझौला रुखले मलाई चिनाइरहे ।

कति माथि के के फलेको हो थाहै भएन । चिन्नै सकिनँ, ठम्याउन्नै सकिनँ । आँखा च्यातेर हेरिरहेको थिएँ, एउटा कसिंगर आँखैमा पर्‍यो । आँखा मिच्दै थिएँ, एउटा नरिवल मेरो खप्परमा खस्यो । मैले तिरीमिरी झ्याइँ देखे । दिउँसै ताराहरु देख्न थालें ।

बल्ल मलाई थाहा भयो- साहित्यकारको ठूलो रुख हुन्छ र कठिन फलहरु लटरम्म फलेका हुन्छन् ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x