साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाको अक्कल

टोक्नु टोक्यो नि डाम्नाले डेङ्गो पनि भयो । सारै दुःख पाइयो । हाम्रा कुरा सुनेर मेरी उनी हाँसोलाई फुत्किन नदिन मुख थिचिरहेकी रहिछन् देखें ।

Nepal Telecom ad

आज दिउसो मिश्र मामा ट्वाक्क आइपुग्नुभो । मामा निक्कै गलेजस्तो देखेर मैले कारण सोधें । मामाले प्वाक्कै भन्नुभो – त्यै डाम्नाले गर्नुगर्यो नि भाञ्जा !

मैले कुरा बुझें मामालाई डेङ्गो लागेछ । सँसङ्गै डेङ्गी पनि हुनसक्छ । म मनमनै त हाँसेको हुँ तर प्रकट गरेको थिइन मामाले भनिहाल्नुभो सारै बाठो हुँदो रहेछ नि भाञ्जा त्यो डेङ्गो डाम्नु ।

म केही नबोली उभिएकै थिएँ मामाले नै भन्नुभो मेरो बिस्तरामा त्यो तपाइँले दिएको झुल टाँगेर सुत्ने गर्थेँ लामखुट्टेहरू त आकाछन् आकाछन् भयो । किन यस्तो भो भनेर हेरेको त झुलमा ठाउँ ठाउँमा प्वाल रहेछन । त्यहिँबाट पस्दारछन् र खाँदै ओकल्दै गर्दा रहेछन् । अनि त म के गरुँ कसो गरुँ भएँ एउटालाई समाएर टोकिदिन्छु भन्दा भन्दै फुत्केर उड्यो अनि मैले सारा लाम्खुट्टेलाई जिल्याउने बुद्धि निकालें । त्यो ओछ्यान छाडेर अल्ली परतिर अर्को ओछ्यान बनाएर सुत्न थाले ।

लाम्खुट्टेहरू आउँछन् मान्छे पक्कै झुलभित्र छ ठान्छन् त्यहिभित्र जान्छन् यता म ढुक्कै निदाउछु भन्ने मेरो सोच थियो तर त्यस्तो हुँदोरहेनछ भाञ्जा ! टोक्नु टोक्यो नि डाम्नाले डेङ्गो पनि भयो । सारै दुःख पाइयो ।
हाम्रा कुरा सुनेर मेरी उनी हाँसोलाई फुत्किन नदिन मुख थिचिरहेकी रहिछन् देखें ।

सानीले चिया ल्याई । मुसुमुसु मुस्कान दिँदै चिया पिउनथालेँ । मिश्रमामालाई लागेको रहेछ चिया नास्ता सहित आउँछ । तर त्यस्तो भएन । मामा चिया तुर्‍याएर जानुभो । हामी दुई पेट मिचीमिची हाँस्न थाल्यौं ।
०००
यहाँ अलिकति खासकुरा पनि भनीदिउँ ऊ मेरा मामा खासमा होइनन् । धेरै पहिलेको कुरा हो एकजना मान्छे बेसार बेसार फलाक्दै आयो । बोलाइयो ऊ त शरीरभरी बेसारै बेसार भएको बेसार व्यापारी रहेछ । गाउँगाउँ गै बेसार किनेर सहरमा ल्याई बेच्ने मान्छे रहेछ । उसको अवस्था देखेर त्यहाँ भएका हामी सबै मुर्छा हुनेगरी हाँस्यौं ।

उनले के ठाने उनै जानुन् । मैले के ठाने भने यो बेसार बेपार सजिलो काम होइन । तर पनि गरेकै देखेर परिचय बनाउन खोज्दा ऊ त मिश्र थरी रहेछन् । मेरा मावली मिश्र भएकाले मामा भनिदिएको थिएँ ऊनी पनि खुसी भएछन् । यसरी बेलामौका भेट्न आउने गर्छन् ।
०००
नारी र पुरुषमा समान अधिकार हुनुपर्छ भन्ने बिषयमा चर्को बहस चल्न थालेको अवस्थामा हर्केका घरमा पनि त्यो बिषय सर्प दुलोमा सुत्त पसेझैं पसेछ । हर्केका पतिपत्नीमा पनि त्यो विषयले रडाको मच्चियो । यो कसरी बल्झियो त भन्दा दशैंको टिको लगाएपछि हर्केले श्रीमतीलाई आफ्नी आमाका गोडामा ढोग्नुपर्छ भन्दा श्रीमतीजी रिसले आगो भैचन । जति फकाउँदा पनि भएन । उनको माग रहेछ पतिकी आमाका पाउमा पत्नीले ढोग्न परेपछि पतिले पनि पत्नीकी आमाका पाउमा ढोग्नुपर्ने कुरा आएछ ।

हर्केले बिचार गरेछ पत्नी माता पनि आमा नै हुन ढोग्न हुन्छ भनेपछि हर्केजोडा सुुराली पुग्यो । टिकाटालोमा हर्के गोडा समात्न जाँदा सासुआमाले फुत्त गोडा हटाइन् । बहस जारी भएको कुरा मिश्रमामाले मलाई भने ।

०००
नयाँ वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x