साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोकाएको काठमाडौँ

सधैँ भोकले सोगाएको छ आँ गरेर मुख बाएको छ जे पायो त्यही मुखमा लाएको छ महाकाली र मेचीलाई नै सासले तानेको छ कसरी खाने हो भन्ने जानेको छ कसरी खाने हो भन्ने जानेको छ ।

Nepal Telecom ad

भोक र भोगबाट कोही कहिल्यै अघाउँदैन
भोकबाट नमरुन्जेल कसैले पनि छुटकारा पाउँदैन
असन्तुष्ट र अतृप्तहरुको साब्री परेको पेट
जति खन्याए पनि कहिल्यै उक्सिएर बाहिर आउँदैन
भोक भनेको आखिर भोकै हो ।
भोक मार्न ता खाना चाहिन्छ
कसैलाई चाना चाहिन्छ कसैलाई दाना चाहिन्छ
कसैलाई एक पाउले हुन्छ भने कसैलाई चारमाना चाहिन्छ ।
मान्छेको ता के कुरा भो र
काठमाडौ पनि भोकाएको छ
भोकले सारै सोगाएको छ
यसलाई अलिकतिले कहिल्यै छुँदैन
अलिकति खाएर कहिल्यै अघाउँदैन ।
कोतपर्व र भण्डारखालको बली खाएर पनि अघाएन
नारानहिटीमा नरवलिको मार हानेर पनि अघाएन
उसको भोक जसले जे खुवाएर पनि भगाएन
धररा स्वात्तै निलेर पनि अघाएन
माटो ढुङ्गा खाएर पनि उसले आत्मतृप्ति जगाएन
यसैले काठमाडौ सधै भोकाएको छ
सुरसाको जस्तो मुख बाएको छ
खाने नखाने जे पनि चबाएको छ
हाजमोला नखाए पनि
पेटमै सबै पचाएको छ
जन्डिसले पँहेलिए पनि मस्त छ
हजारौ रोगहरुको कुनै वास्ता छैन
सधै चबाउने धन्दामा व्यस्त छ
हेपटाइटिसले थलिए पनि मस्त छ
जहाँ जे पाए पनि खपाखप खान बस्त छ ।
प्रत्येक रोगलाई पचाएको छ
बागमतीको फोहोर पानी अचाएको छ
जहिले पनि खानै हतार छ
उसलाई पारावार छ
साग उम्रने बारी खाएको छ
धान फल्ने खेत खाएको छ
हिँड्ने बाटो खाएको छ
सिमेन्टको जङ्गल बनाएर
माटो भसक्कै खाएको छ
कहाँ त्यति मात्र हो र
इमानदारी खाएको छ
नैतिकता र स्वाभिमान खाएको छ
जात खाएको छ
पात खाएको छ
बुढा खाएको छ फुचा खाएको छ
विष्णुमती खाएको छ
टुकुचा खाएको छ
यत्ति खाए पछि नठान्नुहोला
यो अघाएको छ
झन् झन् सग्बगाएको छ
सधैँ भोकाएको छ
सधैँ भोकले सोगाएको छ
आँ गरेर मुख बाएको छ
जे पायो त्यही मुखमा लाएको छ
महाकाली र मेचीलाई नै
सासले तानेको छ
कसरी खाने हो भन्ने जानेको छ
कसरी खाने हो भन्ने जानेको छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x