साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदमै झन् चटारिने ?

जुवाइँ भतिजा साला भदा बैनी, भिनाजुमा। पदकाे पगरी बाँड्दा गणतन्त्र चिहानमा ।। बनी कानुनका ज्ञाता, मै हूँ भन्दै मडारिने । भुँडीभक्त महाभ्रष्ट, पदमै झन् चटारिने ।।

Nepal Telecom ad

बद्री दाहाल भष्मासुर :

घुमन्ते राेग क्या लाग्याे प्रमं मन्त्री प्रशासक ?
अरबाैँ ढुट्टियाे काेश , अर्थतन्त्र छ त्रासद ।।

तलातलतिरै देश हान्नियाे छैन याेजना ।
महँगी अग्लियाे चर्काे, ठूलाकै मन- माेजमा ।।

चाकरीबाज हुन् ‘बाज’, चुक्लीखोर त ‘काग’ हुन् ।
चिल्लो घसेर बोल्ने ता, ‘ब्वाँसा सर्प र स्याल’ हुन्।।

रूपाजीवा सुरा पैसा, मान्ने दलाल काल हुन् ।
शीर्ष तीर्थ भनी भुक्ने, साक्षात् कफ र र्-याल हुन् ।।

अशुध्दजीव भो भन्छन् बुद्धिजीवी जमात नै ।
गुटको खोरमा हाँस्छन्, दाना घाँस चबाँउँदै ।।

विवेक बन्दकी राखी, ‘भुँडी — पूजा’ सुलक्ष्य भो ।
लुर्के प्राविधिके —पण्डा, द्वारपाले कुलक्ष्यकाे ।।

कुलको पति छानिन्छन्, कुलङ्गार कयौ यहाँ ।
प्रज्ञाको पगरी गुत्छन्, जुलुङ्गार सयौँ जहाँ ।।

जुवाइँ भतिजा साला भदा बैनी, भिनाजुमा।
पदकाे पगरी बाँड्दा गणतन्त्र चिहानमा, ।।

बनी कानुनका ज्ञाता, मै हूँ भन्दै मडारिने ।
भुँडीभक्त महाभ्रष्ट, पदमै झन् चटारिने ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x