साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुको खुसी

खै, कुन्नि के बुझेर हो, एउटा स्यालले गर्‍यो- ह्वाँ .... । अनि सारा स्यालले अनुकरण गर्‍यो । त्यसपछि सबै जनावरहरूले एकै स्वरमा आफ्नो बोलीमा बोली मिलाएर कराउन थाल्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

घनघोर जङ्गलमा पशुहरू मंगल गर्दै थिए । कौवाभन्दा बाठो बन्ने केही बज्रस्वाँठ पशुहरू पनि खूब खुसी थिए । बज्रस्वाँठहरुलाई खुसीबारे केही थाहा थिएन । एउटा बज्रस्वाँठले अर्को बज्रस्वाँठलाई सोध्यो – ए पशुजी ! हामी किन खुसी भा’का ?

स्रोता बज्रस्वाँठ पशुले अनभिज्ञता प्रकट गर्‍यो- ‘आदरणीय बज्रस्वाँठज्यू, म त सबैलाई खुसी देखेर खुसी भएको । खुसी मनाउन आएपछि खुसी भएको । तपाईंलाई पनि थाहा छैन ? कस्तो बज्रस्वाँठ पशुज्यू हुनु हुँदोरहेछ हजुर ?’
निम्तो नपाए कतैको भोजमा नजाने एउटा स्वाभिमानी कागले दुवैको मित्रवत झगडा सुनेर बोल्यो- ‘तिमीहरूभन्दा म अलिक बाठो छु । अलिक जान्ने छु । त्यसैले मलाई थाहा छ । यो भोज किन भएको हो ? तिमीहरूले मलाई पनि भोजको निम्तो दिन्छौ भने म कारण बताउँछु ।’

पहिलो बज्रस्वाँठ पशुले असहमति प्रकट गर्दै भन्यो – ‘हामी स्वाभिमानी पशुहरूमा कुनै चराको जानकारी चाइँदैन । हामी पशु हौँ । अज्ञानमै खुसी हुन पाउनु हाम्रो नैसर्गिक अधिकार हो । नक्कली ज्ञानको काम छैन ।’
कराउन नपाएपछि काग बस्दैन । चुपो लागेर बस्नु ठूलो सजाय भन्ठानी काग उड्यो । उड्ने वेलामा त्यो काग कराउँदै थियो- ‘पशु दिवस ! पशु दिवस !’

खै, कुन्नि के बुझेर हो, एउटा स्यालले गर्‍यो- ह्वाँ …. । अनि सारा स्यालले अनुकरण गर्‍यो । त्यसपछि सबै जनावरहरूले एकै स्वरमा आफ्नो बोलीमा बोली मिलाएर कराउन थाल्यो ।

चिच्याइरहेका धेरै पशुलाई चिच्याउनुको कारणै थाहा थिएन । मानिसको हुलझैँ जिन्दावादको त्यो नारा घन्किइरह्यो ।

०००
रौतहट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x