साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा (काव्यांश-११)

हेर्दै यी अवहाल नेत्र उनका तड्पेर झार्लान् जल । हाम्रो तागत छैन भेट्न सकिने जम्मै भयौँ दुर्बल ॥ खोजौँ योग्य नयाँ समस्त अघिका आफन्त भेट्ने पथ। सारा मानव रम्दथे अवनिका उम्दा बनाई रथ

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

त्यो आकाश खसे समान हुन गो जो दागबत्ती दिँदा।
काँप्दै थर्थर बत्तिएँ बल घटी तड्पन्छु त्यो सम्झिँदा ॥
मान्छे छन् तर शून्य मान्छ मन यो बाबा बिनाको हुँदा।
भिज्छन् वस्त्र शरीरका हरघडी छन् तोड खस्केँ रुँदा॥८५॥

रोएँ देख्नु हुँदैन अश्रु परले हेक्का मनैमा लिएँ ।
बारम्बार ढलेँ अनेक बहका सङ्कष्टमा जाकिएँ ॥
हो यो दैव विधान भन्छ मनुवा संसार जाने सरी ।
कष्टैकष्ट बढे विचार पर भो डङ्रङ्ग आफैँ लडी ॥८६॥

केही ज्ञान रहेन गुन्दछु बडो आकाशमा उड्दछन् ।
उम्दा साधनमा बसी भवविषे निर्धक्क भै गुड्दछन्॥
मान्छेका मनभावना भुवनमा संज्ञान निम्जा भए ।
खोजी भेट्न सकिन्न प्राण छ कहाँ ? धिक्कार अग्लो कहेँ ॥८७॥

भन्छन् मानव अग्लियो भुवनमा अग्लन्न मेरो मन ।
सानो उल्झन छेक्न छैन बल क्यै छ्याङ्गै छ होचोपन॥
बाबा मृन्मय रूपमा बदलिँदा त्यो प्राण भाग्यो कता ?
केही ज्ञान रहेन शून्य म भएँ विज्ञान हेरोस् यता ॥८८॥

मान्छेको मनशक्ति बुझ्न सकिने होस् यन्त्र सामर्थ्यको ।
राखूँ जीव अनन्त काल तनमा खोजूँ म सन्मार्ग त्यो ॥
आमाबाबु गुमाउँदा सकसले डस्दो छ मान्छेमन ।
कालो काल पसेर निल्दछ सधैँ आघात भोग्छन् जन ॥८९॥

निम्जो भाव छ चेतमा हरघडी मान्छे विचारी बन ।
बाबाझैँ हित कर्मको पथ दिने को हुन्छ प्रेमी जन ?
जेजे चिन्तन आउँछन् मगजमा घोचेर चस्काउँछन् ।
सारा मानव छन् तथापि भवमा एक्लोपना ल्याउँछन् ॥९०॥

बारी,खेत र अन्न,वृक्ष,वन छन् रित्ता बनेका अब ।
पाली,गोठ र गेह रिक्तपनमा रोएर बस्छन् सब ॥
फिक्का छन् मनचाहना कृतकला जम्मै बिलाए गए।
बाबा दूर हुँदा अनेक द्विविधा छन् अश्रुधारा बहे ॥९१॥

पापी काल चिनी समात्न म सकूँ बाँधेर पाता कसी ।
बाचाबन्धनमा कजाउन सकूँ टोक्दैन चिन्ता बसी ॥
लाग्ला भोक र प्यास दिक्क म भएँ को दिन्छ खाना त्यहाँ?
बाबाका मनभित्र दर्द कति छन् सुन्ला र कल्ले उहाँ ?९२॥

हेर्दै यी अवहाल नेत्र उनका तड्पेर झार्लान् जल ।
हाम्रो तागत छैन भेट्न सकिने जम्मै भयौँ दुर्बल ॥
खोजौँ योग्य नयाँ समस्त अघिका आफन्त भेट्ने पथ।
सारा मानव रम्दथे अवनिका उम्दा बनाई रथ ॥९३॥

आँखा खोल्न सकून् यतातिर उठी विज्ञानका पारखी ।
द्रष्टा काल भनेर पूजित हुने हौ विश्वका सारथि ॥
मान्छे दुर्बल बन्छ यो अवनिमा आफन्त मर्दा जति ।
टाढा भैकन आउँथ्यो पथ नयाँ टिप्दै उज्यालो गति ॥९४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x