बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

ओर्ल क्वै राजनेता ?

भाते छाते, नव अमिरले, गर्न सक्दैन राज । भोगी सोखी, दलपति हुँदा, कोष रित्तो छ आज ॥ हाम्रो राष्ट्रै, असफल हुने, देख्न थाल्यौँ तमासा । हामी भन्छौ, नवमिसनमा ओर्ल क्वै राजनेता ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

हेर्‍यौँ झन्नै त्रिदशतक नै, देशको लोकतन्त्र ।
रोगी ढोँगी निरस अगुवा,चाहने एकतन्त्र ॥
मात्रै सत्ता सयर यिनको, जल्पना कल्पना भो ।
आफ्नै नाता अनुचर बने, देश बर्बादमा गो ॥१॥

बाझ्ने जुध्ने जन भ्रम छरी, देश ठग्ने र चुस्ने ।
सोझा हामी, विकल जनता मात्र धेरै चिमोट्ने ॥
नारा छर्दै, धनपति बने, नक्कली दुष्ट जेता ।
हामी भन्छौ ‘नवभिजन’मा, ओर्ल क्वै राजनेता ॥२॥

भाते छाते, नव अमिरले, गर्न सक्दैन राज ।
भोगी सोखी, दलपति हुँदा, कोष रित्तो छ आज ॥
हाम्रो राष्ट्रै, असफल हुने, देख्न थाल्यौँ तमासा ।
हामी भन्छौ, नवमिसनमा ओर्ल क्वै राजनेता ॥३॥

आफ्ना आस्था, युगयुग बचून्, मान सम्मानसाथ ।
यात्रा भर्छौँ, अविचलित भै, एक हुन् पादहात ।
फुट्ने लुट्ने, मनमुटु ढली बन्न सक्छौँ विजेता ।
भन्छौँ हामी जनजन मिली, ओर्ल क्वै राजनेता ॥४॥

०००
धादिङ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को महानायक !

को महानायक !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
लम्पसारवाद जिन्दावाद ?

लम्पसारवाद जिन्दावाद ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जम्रा र किर्ना बढे ?

जम्रा र किर्ना बढे...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
भोके भन्छन् ! जय जय पद, सुरक्षाको छत ?

भोके भन्छन् ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद दशैँ

जिन्दावाद दशैँ

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय – शिक्षक ! धन्य – दीक्षक ! !

जय – शिक्षक !...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
को महानायक !

को महानायक !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
लम्पसारवाद जिन्दावाद ?

लम्पसारवाद जिन्दावाद ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पदमै झन् चटारिने ?

पदमै झन् चटारिने ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
संविधान ? संविधान ? ? संविधान ? ? ?

संविधान ? संविधान ?...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
विकृतिको ब्रीज हुनसक्दैन तीज

विकृतिको ब्रीज हुनसक्दैन तीज

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुरे नेताका भुरे हुङ्कार !

जुरे नेताका भुरे हुङ्कार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’