साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओर्ल क्वै राजनेता ?

भाते छाते, नव अमिरले, गर्न सक्दैन राज । भोगी सोखी, दलपति हुँदा, कोष रित्तो छ आज ॥ हाम्रो राष्ट्रै, असफल हुने, देख्न थाल्यौँ तमासा । हामी भन्छौ, नवमिसनमा ओर्ल क्वै राजनेता ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

हेर्‍यौँ झन्नै त्रिदशतक नै, देशको लोकतन्त्र ।
रोगी ढोँगी निरस अगुवा,चाहने एकतन्त्र ॥
मात्रै सत्ता सयर यिनको, जल्पना कल्पना भो ।
आफ्नै नाता अनुचर बने, देश बर्बादमा गो ॥१॥

बाझ्ने जुध्ने जन भ्रम छरी, देश ठग्ने र चुस्ने ।
सोझा हामी, विकल जनता मात्र धेरै चिमोट्ने ॥
नारा छर्दै, धनपति बने, नक्कली दुष्ट जेता ।
हामी भन्छौ ‘नवभिजन’मा, ओर्ल क्वै राजनेता ॥२॥

भाते छाते, नव अमिरले, गर्न सक्दैन राज ।
भोगी सोखी, दलपति हुँदा, कोष रित्तो छ आज ॥
हाम्रो राष्ट्रै, असफल हुने, देख्न थाल्यौँ तमासा ।
हामी भन्छौ, नवमिसनमा ओर्ल क्वै राजनेता ॥३॥

आफ्ना आस्था, युगयुग बचून्, मान सम्मानसाथ ।
यात्रा भर्छौँ, अविचलित भै, एक हुन् पादहात ।
फुट्ने लुट्ने, मनमुटु ढली बन्न सक्छौँ विजेता ।
भन्छौँ हामी जनजन मिली, ओर्ल क्वै राजनेता ॥४॥

०००
धादिङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x