सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पानीका थोपाहरू

फर्केर आयो, कि म अझै चार या पाँच वर्षकै पो छु कि, कि म अझै तिन चार वर्षकै पो हूँ कि !? वर्षाको पानीको एक थोपा जिन्दगीभरिको अनुभूति, आज पनि, रहिरहन्छ !

Nepal Telecom ad

आज पनि केहि पानी परेछ,
आज फेरि वर्षा शुरु भएछ !
यसो हेर्‍यो,
वर्षा, अनि वर्षाको पानी,
अनि पानीमा के रहेछ ?
मन न हो,
पानीका थोपाहरू,
पानीका झोंकाहरू,
औंलामा
निधारमा
छामेर, छुएर हेर्ने रहर फेरि लाग्यो,
पहिले हामी चार पाँच वर्षको हुँदा जस्तै,
पानीको फोका हत्केलामा,
पानीको फोका निधारमा,
पानीको थोपा औँलाहरूमा
पानीको थोपा हत्केलाहरूमा
ठोक्किंदा,
अहिले पनि
उही, त्यसबेलाको अनुभूति
फर्केर आयो,
कि म अझै चार या पाँच वर्षकै पो छु कि,
कि म अझै तिन चार वर्षकै पो हूँ कि !?
वर्षाको पानीको एक थोपा
जिन्दगीभरिको अनुभूति,
आज पनि,
रहिरहन्छ !

०००
०३।०८।२०२२
बर्गेन, नर्वे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही