साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जूनकिरी !

जूनकिरी ! पुतलीको सुन्दरता, रातको अँधारोमा कस्तो हुन्छ कुरा नगर, जूनकिरीको मनमोहकता दिनको बीचमा कुरा नगर, जूनकिरी, अँध्यारोमा बश, त्यो एउटा सौन्दर्य त हो, अँध्यारोमा !

Nepal Telecom ad

तिमी जूनकिरी !
उज्यालोमा पुतली,
सूर्यको सप्तरंगी रंगमा
पखेटा फटफटाउँदा
यस्तो भान हुन्थ्यो
फूलमा, पातमा
पखेटा फटफटाउँदा
यस्तो लाग्थ्यो,
यो के हो, ओ हो !
आजको परी, हाम्रो समयको
परी हो कि ओहो !
त्यहि पुतली,
त्यहि परी
त्यहि सुन्दरता,
जब अँध्यारोमा
जब आफ्नै नजिक हुँदा पनि,
सब चीज अँध्यारोमा
न रंग, न कालो, न यो, न त्यो,
न यस्तो अस्तित्व, न त्यो अस्तित्व
पुतली
मौन अँध्यारोमा
गैर अस्तित्व,
आफ्नो रंग
आफ्नो सौन्दर्य
अँध्यारोसित बिलिन भएर जान्छ
जूनकिरी पनि कुरा उस्तै हो,
दिउँसोमा,
घाममा
उज्यालोमा
उसका हजार छातीका रंगहरू,
अरुको उज्यालोले उसको रंग भन्दा चम्किदिएर,
तिम्रा आँखाहरू, आँखाका रंगहरू छेकिदिएको हुन्छ ।
जूनकिरीको अस्तिस्त्वको आभाष
जब तिमी सुत्छौ,
या सुतिरहेको झैं उठ्छौ,
आधिरातमा
अनि तिमी पुतली खोजेको बेलामा
आधारातमा,
जब आधारातमा
के पुतली, के झिंगा, के जूनकिरी
अँध्यारोमा,
थाहा हुन्न,
जब जूनकिरी,
तिमीलाई यस्तो केहि थाहा हुन्न,
फेरि पनि,
अलि अलि,
उसले आफ्नो अस्तित्वले,
अलि कति,
अलि कति,
तिम्रै लागि भए पनि,
देख्न सक्ने गरि,
तिमी छेउ आउँदा,
केहि बत्ति बालेर जान्छ,
जूनकिरी !
पुतलीको सुन्दरता,
रातको अँधारोमा कस्तो हुन्छ कुरा नगर,
जूनकिरीको मनमोहकता दिनको बीचमा कुरा नगर,
जूनकिरी, अँध्यारोमा बश,
त्यो एउटा सौन्दर्य त हो,
अँध्यारोमा !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x