साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (शृङ्खला-१)

गर्दै सम्मान राम्रो दिनकर ऋतुको फालिए साठी वर्ष, पाकाको स्थान पायौँ अति असल थलो मान्नुपर्ने छ हर्ष, देखाऊन् कार्य राम्रो नवयुवक अझै छैन अग्लो प्रमाद, पाकाको सान हाम्रो विचलित नबनोस् भन्छ देवीप्रसाद !

Nepal Telecom ad

भन्छ देवीप्रसाद !!

हामी हौँ भाग्यमानी अलिकति अघि नै मृत्तिका टेक्न पायौँ
पाखा भित्ता चहार्दै अनुभव बटुली जीवनी चाल्न थाल्यौँ
थामेका छौँ पुरानो चलन परिधिमा छैन केही विवाद
पाका मान्छे धराका विचलित नबनौँ भन्छ देवीप्रसाद !!
(१)

धेरै छन् साथ हाम्रा अनुभव अघिका जीवनी साधनाका
गायत्री मन्त्र जस्तै सुखसयल तथा दुःखका सामनाका
बढ्दै छन् साथ हाम्रा अनुज युगलमा प्रेरणाको छ साथ
पाका मान्छे धराका विचलित नबनौँ भन्छ देवीप्रसाद !!
(२)
साठी काटेर लाग्यौँ परपर अघिको सभ्यता स्वाभिमान
भुल्दैनौँ व्यग्रतामा अनुपम झरिलो साँचिएको इमान
बाँड्ने छौँ माग्न आए सकल अनुजमा ज्ञान गङ्गा प्रसाद
पाका मान्छे धराका विचलित नबनौँ भन्छ देवीप्रसाद !!
(३)
धेरै हेमन्त फाल्यौँ शिशिर कति उता ग्रीष्मको ताप फाल्यौँ
वासन्ती प्रेममाला रमझम रसिला याम धेरै बितायौँ
वर्षा धेरै भगायौँ प्रणयसँग शरद् फालिए साठी हात
पाकाको सान हाम्रो विचलित नबनोस् भन्छ देवीप्रसाद !!
( ४)
गर्दै सम्मान राम्रो दिनकर ऋतुको फालिए साठी वर्ष
पाकाको स्थान पायौँ अति असल थलो मान्नुपर्ने छ हर्ष
देखाऊन् कार्य राम्रो नवयुवक अझै छैन अग्लो प्रमाद
पाकाको सान हाम्रो विचलित नबनोस् भन्छ देवीप्रसाद !!
(५)

०००
भक्तपुर
२०७९/९/२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x