साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सच्चा बनून् भाषण

बाजे हो बस दूर आशिष दिई भो र्‍याल काड्छौ किन? तिम्रै कारण देश यो गलित भो बढ्दै गएको ऋण

Nepal Telecom ad

पैसाको खलमा अनेक छलमा सत्ता मिलेता पनि
सक्दैनौ रवि छेक्न हेर सजिलै नारा बिकेता पनि
तिम्रो नीति छ भष्टचार मतिको हाम्रो भरोसा गयो
जो छन् सक्षम योग्य सोच गतिलो ठूलो भरोसा भयो ।।

बन्दैछन् सुकिला सफा सडक यी थोत्रा बढारीकन
गर्दैछन् रिपुले विरोध किन हो सत्ता डकारीकन
पल्केछन् सजिलै बसेर यसरी व्यापार राम्रो गरी
आफ्नो आँगन घाँसले भरिसक्यो सम्झाइदेऊ हरि ।।

बाजे हो बस दूर आशिष दिई भो र्‍याल काड्छौ किन ?
तिम्रै कारण देश यो गलित भो बढ्दै गएको ऋण
श्रीलंका जसरी बन्यो मुलुक नै थेग्नै नसक्ने छ यो
आमाको पनि अस्मिता फसलमा राखेर बेच्ने तँ हो ।।

जंगे जन्म लिनू तँ फेरि अवनिमा बढ्दै गयो ज्यादती
धर्तीको मनसाय हो यदि बुझे बाँच्लान् यहाँ सन्तति
पुज्छौ मन्दिरमा उमा कपटले छोप्दै गयौ कातिल
लत्याए कसरी चुनी युवक ती पल्ट्यौ तिमी आखिर ।।

चिप्ला भाषणले अघाउन गयौं प्यारा बनून् कामले
हार्छन् रावण झैं सबै तरहले चिन्दै गए आमले
इच्छा छन् जनका असंख्य रसिला होस् योग्यको शासन
भोका पेट नहुन् कतै मुलुकमा सच्चा बनून् भाषण ।।

०००
ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x