सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सच्चा बनून् भाषण

बाजे हो बस दूर आशिष दिई भो र्‍याल काड्छौ किन? तिम्रै कारण देश यो गलित भो बढ्दै गएको ऋण

Nepal Telecom ad

पैसाको खलमा अनेक छलमा सत्ता मिलेता पनि
सक्दैनौ रवि छेक्न हेर सजिलै नारा बिकेता पनि
तिम्रो नीति छ भष्टचार मतिको हाम्रो भरोसा गयो
जो छन् सक्षम योग्य सोच गतिलो ठूलो भरोसा भयो ।।

बन्दैछन् सुकिला सफा सडक यी थोत्रा बढारीकन
गर्दैछन् रिपुले विरोध किन हो सत्ता डकारीकन
पल्केछन् सजिलै बसेर यसरी व्यापार राम्रो गरी
आफ्नो आँगन घाँसले भरिसक्यो सम्झाइदेऊ हरि ।।

बाजे हो बस दूर आशिष दिई भो र्‍याल काड्छौ किन ?
तिम्रै कारण देश यो गलित भो बढ्दै गएको ऋण
श्रीलंका जसरी बन्यो मुलुक नै थेग्नै नसक्ने छ यो
आमाको पनि अस्मिता फसलमा राखेर बेच्ने तँ हो ।।

जंगे जन्म लिनू तँ फेरि अवनिमा बढ्दै गयो ज्यादती
धर्तीको मनसाय हो यदि बुझे बाँच्लान् यहाँ सन्तति
पुज्छौ मन्दिरमा उमा कपटले छोप्दै गयौ कातिल
लत्याए कसरी चुनी युवक ती पल्ट्यौ तिमी आखिर ।।

चिप्ला भाषणले अघाउन गयौं प्यारा बनून् कामले
हार्छन् रावण झैं सबै तरहले चिन्दै गए आमले
इच्छा छन् जनका असंख्य रसिला होस् योग्यको शासन
भोका पेट नहुन् कतै मुलुकमा सच्चा बनून् भाषण ।।

०००
ठिमी, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीपन

बुढ्यौलीपन

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
बा

बा

इन्दिरा प्रयास
कर्मचारी

कर्मचारी

इन्दिरा प्रयास
भानु जयन्ती

भानु जयन्ती

इन्दिरा प्रयास
बाबा

बाबा

इन्दिरा प्रयास
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)