साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

पाए तालिम ज्ञान बाँदरहरू, बन्छन् नि मान्छे सरि । मान्छे बाँदर झैँ बने अवनिमा, उल्टो भयो हे हरि । जन्मन्छन् अनि रम्दछन् अवनिमा, मान्छे सबै मर्दछन् । मान्छे बन्न सकिन्छ लौ यदि भने, ती सानले बाँच्दछन् ।

Nepal Telecom ad

मान्छेमाथि श्रृङ्खलाबद्ध कविता लेखनको ६९ भाग

घोडा हिँड्छ लगामको नियमले, बोक्दै खुबै मानिस ।
मान्छे जाँगरिलो भएन किन हो, व्यर्थै भयो कोसिस ।।
बारी खेत डटेर जोत्छ सहजै, त्यो गोरु हो कर्मठ ।
मान्छे भ्रष्ट कुकर्म जाल छलले, बन्दै गयो है शठ ।।-१

आज्ञा मानिसको लिई कुकुरले, रक्षा खुबै गर्दछ ।
बाठो उच्च बनेर मानिस यहाँ, गल्ती गरी हिँड्दछ ।।
हात्तीको बल उच्च भैकन यहाँ, साथी बनी हिँड्दछ ।
दम्भी काल कराल मानिस खुबै, पापी बनी हिँड्दछ ।।-२

मीठो दुग्ध दिएर सेवक बने, गाई र भैंसी बरु ।
लुट्छन् आज रमेर रुग्ण जनता, दम्भी घमन्डीहरू ।।
बोल्यो धाक दिएर आज कसरी, हुङ्कार ज्यादा गरी ।
लुच्चो नायक बन्छ घुम्छ थलमा, ढाडे बिरालो सरि ।।-३

मैनाको अनि कोइली ढुकुरको, जोडी छ क्या सुन्दर ।
माया मानिसको वन्यो कपटको, नाता टुट्यो भर्खर ।।
चोखो प्रेम गरी घुरेर बहुतै, रम्छन् परेवाहरू।
झुट्टो प्रेम र जाल नाटक गरी, चुक्छन् नि मान्छेहरू ।।-४

पाए तालिम ज्ञान बाँदरहरू, बन्छन् नि मान्छे सरि ।
मान्छे बाँदर झैँ बने अवनिमा, उल्टो भयो हे हरि ।
जन्मन्छन् अनि रम्दछन् अवनिमा, मान्छे सबै मर्दछन् ।
मान्छे बन्न सकिन्छ लौ यदि भने, ती सानले बाँच्दछन् ।।-५

०००
बालाजु, काठमाडौं
२०७८/०९/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x