साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र

यो छाडापन, तुच्छता, मनुजको उन्माद, स्वच्छन्दता, आयो, मानवता गयो पर भयो यो देहको देवता । बोक्रो सुन्दर बाहिरी जलपले सौन्दर्यशाली छ यो खोक्रो मानव-मुल्यको पतनमा कस्तो प्रजातन्त्र हो ॥

Nepal Telecom ad

जस्ले जे मन लाग्छ गर्छ सजिलै उद्दण्ड भन्ने किन
लाग्दैछन् अधिकार आज सबले खोसेर आफ्नो लिन ।
लागेको छ स्वतन्त्रता-खपतमा पूरा यहाँ मानव
आएको छ समस्त यो मुलुकमा यस्तो व्यवस्था अब ॥

सित्तैमा अधिकार मिल्दछ यहाँ कर्तव्य चाहिन्न है
भो शङ्कास्पद कर्मको फल सधैँ पाइन्छ-पाइन्न खै ।
बिर्सेको छ हरेकले जब सबै कर्तव्य आफ्नो यहाँ,
यस्तो उत्सवतुल्य जीवन अहो छाडेर जाऊँ कहाँ ॥

जस्ले गर्दछ राजनीति अहिले ठानिन्छ त्यो नैतिक
गर्ने मानिस जो समाजहित हो बिर्सन्छ उस्ले हित ।
भ्रष्टाचार गरेर बस्छ सहसा यो राष्ट्रको सेवक
ताली लेख्दछ खालि कागजभरी यो देशको लेखक ॥

आए चार प्रकारका मुलुकमा देख्यौँ प्रजातन्त्र ती
साह्रै गद्गद भावमा विषयमा लेख्यौँ प्रजातन्त्र ती ।
पानामात्र भरे, भरेन कहिल्यै मान्छे प्रजातन्त्रले
आयो स्वागत भो बनेन कहिल्यै मान्छे प्रजातन्त्रले ॥

यो छाडापन, तुच्छता, मनुजको उन्माद, स्वच्छन्दता,
आयो, मानवता गयो पर भयो यो देहको देवता ।
बोक्रो सुन्दर बाहिरी जलपले सौन्दर्यशाली छ यो
खोक्रो मानव-मुल्यको पतनमा कस्तो प्रजातन्त्र हो ॥

०००
देवघाट- ५, तनहूँ
सम्पर्कः ९८०२९९३९१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x