साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चको अठ्ठाइसौँ श्रृङ्खला

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको अठ्ठाइसौँ प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता सम्पन्न भयो । भाग्यशाली अधिकारीको प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जितालीको उपस्थिति थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख २८ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको अठ्ठाइसौँ प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता सम्पन्न भयो ।

भाग्यशाली अधिकारीको प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा. बमबहादुर थापा जितालीको उपस्थिति थियो । कार्यक्रममा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुर्‍याउँदै आइरहेको छ ।

यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु, तथा सुसेली रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूणर् थिए ।

रचना वाचन गर्ने कविहरूमा भाग्यशाली अधिकारी, बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, गणेश आत्रेय, गङ्गा लिगल, अनमोल शर्मा, खोलाघरे साहिँलो, चूडा निर्भीक, हरिप्रसाद चौलागाई, जनार्दन अधिकारी धड्कन, द्वारिका कुइकेल, जगदीश्वर पोखरेल, दुर्गाप्रसाद सिग्देल, लक्ष्मीप्रसाद मिश्र, गङ्गा आचार्य, बिनुबाबा घिमिरे, शम्भु गजुरेल, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, उर्मिला पन्त पाण्डेय, विष्णुहरि भटराई, सूर्यकुमार पण्डित र जानुका थापा हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित अधिकारीले कवितामा भाव हुनु पर्दछ, कविता समाजको दर्पण हो, अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलाएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । वाचित रचनाले मन्त्रमुग्ध बनाए भन्नु भएको थियो ।

कविगोष्ठी महकीय थियो । विशिष्ट अतिथि बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । समीक्षक खोलाघरे साहिँलोले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । उहाँले सो अवसरमा निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।

उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो ।

०००
-पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x