सुलसुलेचन्द्रागिरि साहित्य प्रतिष्ठानको १५३ औं स्वतन्त्र काव्य श्रृङ्खला
प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

काठमाडौं, ०८० वैशाख २७ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५३ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न भयो । प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा साकारले मन्तव्य दिनु हुँदै चन्द्रागिरि साहित्यले साहित्य सेवामा ठुलो योगदान पुर्याएको छ भन्नु भयो । खोरिया जस्ता नव विधाहरूले स्रष्टालाई लेखनीमा अभ्यस्त बनाएको छ भन्नु भयो ।
विशिष्ठ अतिथि डा.बमबहादुर थापा जितालीले आज शास्त्रीय छन्द, छन्द, गद्य, लोक छन्द खोरिया लगायतका सिर्जना आए भन्नु भयो । अर्का विशिष्ठ अतिथि गंगा लिगल र कलानिधि दाहालले १५३ औं श्रृङ्खलासम्म निरन्तर हुनु चानचुने कुरा होइन भविष्यसम्म निरन्तरताको शुभकामना व्यक्त गर्दछु भन्नु भयो ।
सचिव सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः दुर्गा रिमाल, शारदा अचार्य, लक्ष्मीप्रसाद मिश्र, उत्तम भेटवाल, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, बिनुबाबा घिमिरे, घनश्याम पौडेल, कृष्णप्रसाद पौडेल, उत्तम विपस्वी, लगायत १८ जना सर्जकहरूले आ-आफ्ना विशेष रचना सुनाउनु भयो ।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरिया लेखनको सैद्धान्तिक अवधारणा बताउँदै खोरिया लोक छन्द हो यसलाई जुनसुकै भाका लयमा सङ्गीत भरेर गाउन सकिने बताउनु भयो । अमूल्य समय दिएर जोडिनु भएका नयाँ र स्थापित स्रष्टाहरूप्रति धन्यवाद व्यक्त गर्दै विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा आभार ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
०००
– धड्कन
Subscribe
Login
0 Comments
Oldest












































