साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही प्रश्न बाटो देखाउनेहरूलाई

एक झुल्को पिलपिलमा तिमी हरायौ के तिमीले अब हारेकै हो त ? के तिमीले अब हतियार बिसाएकै हो त ? के तिमीले अब हात उठाएकै हो त ? के तिमीले हामीलाई झुक्क्याएकै हो त ?

Nepal Telecom ad

आर. आर. चौलागाईं :

हामी कहाँ हिँड्दै छौँ ?
हाम्रो बाटो कहाँ पुग्यो ?
हाम्रो लक्ष्य कति टाढा छ ?
हाम्रो लक्ष्य कति नजिक छ ?
फूलैफूलको संसार छ भन्थ्यौ
अमृत बग्ने नदी छ भन्थ्यौ
न्याय जोख्ने तराजु छ भन्थ्यौ
झलमल्ल बल्ने आँगन छ भन्थ्यौ
के तिम्रो संसार यही फोहर हो त ?
के तिम्रो अमृत यही पीप हो त ?
के तिम्रो न्याय यही नर्क हो त ?
के तिम्रो आँगन यही नाली हो त ?
एक घुट्को पानीमा तिमी रमायौ
एक टुक्रो रोटीमा तिमी लोभियौ
एक झुत्रो टालोमा तिमी हौसियौ
एक झुल्को पिलपिलमा तिमी हरायौ
के तिमीले अब हारेकै हो त ?
के तिमीले अब हतियार बिसाएकै हो त ?
के तिमीले अब हात उठाएकै हो त ?
के तिमीले हामीलाई झुक्क्याएकै हो त ?

०००
हेटाैँडा
२०८१ असार २८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x