साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाऊँ है खाऊँ

खाने हाम्रो प्रचलन थियो लोप होला बचाऊँ भर्दै आफ्नो उदर बलियो ज्यान मोटो बनाऊँ दुब्लो छाला तनमुलुकको जीर्ण हड्डी चपाऊँ खाऊँ खाऊँ प्रतिदिन लुछी देश नै क्वाप्प खाऊँ ।

Nepal Telecom ad

राजेन्द्र घायल :

खोलानाला सडक वन या बालुवा क्वाप्प खाऊँ
ठेक्कापट्टा अभिनय गरी टन्न खाऊँ अघाऊँ
खाऊँ खाऊँ अझ निगमका तेलका ट्याङ्क खाऊँ ।
टोक्दै पैसा नगद रुपियाँ देशका वैङ्क खाऊँ ।

लेखी झुट्टा विवरण दिई योजना क्वाप्प खाऊँ
बिग्रे बिग्रोस् मुलुक तर यो जिन्दगानी बनाऊँ
नातागोता अति निकटका भाग बाँडेर खाऊँ
खाऊँ खाऊँ गदगद हुँदै देश फाँडेर खाऊँ ।

औंठी बाला विविध सुनका भिर्नु दाम्लो गलामा
देख्दै दामी सिसमहलको बस्नु पाचौँ तलामा
खानैलाई बुझ मुख बन्यो भर्नकै निम्ति पेट
छुट्‌याएझै लुट लुट भनी राज्यले नै वजेट ।

भोका नाङ्गा गरिब जनका आँसु नै तेल ठानी
खाऊँ खाऊँ अटुट भुटुवा बेसरी स्वार्थ झानी
मागी मागी पर मुलुकका भीख खाऊँ रमाऊँ
वेची बेची सहिद सपना चुस्त पैसो कमाऊँ ।

खाने हाम्रो प्रचलन थियो लोप होला बचाऊँ
भर्दै आफ्नो उदर बलियो ज्यान मोटो बनाऊँ
दुब्लो छाला तनमुलुकको जीर्ण हड्डी चपाऊँ
खाऊँ खाऊँ प्रतिदिन लुछी देश नै क्वाप्प खाऊँ ।

०००
रत्ननगर, चितवन
घायलको घुयेँत्राे (२०८१ )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x