साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश बूढो भयो ?

कोही सर्वसमर्थ छन् छ तिनको चर्चा तथा गौरव यो बोल्नै असमर्थ, पाइन विना लाचार झैं बन्दछ। चल्ने पाइन,आँट,साहस गयो, के गर्न सक्ला र यो ? पक्कै बोल्न र सुन्न मुश्किल भए यो देश बूढो भयो !

Nepal Telecom ad

डिल्लीराज अर्याल :

चौतारी, वन, वाटिका, सडकमा आवाज चर्का उठे
नारा, भाषण, मागमा जुलुसमा आवाज घन्के उठे।
संस्था, टोल, समाज बोल्छ अहिले चर्को समस्या भयो
सुन्ने शक्ति रहेन, आज किन खै ! यो देश बूढो भयो ?

बस्ती शून्य उराठ झैं छ अहिले मान्छे हराए कता ?
अत्याचार, अशान्ति लूट छ यहाँ, हेर्ने हराए कता ?
हत्याकै छ जताततै बिगबिगी मान्छे मरे के भयो ?
देख्ने शक्ति भएछ क्षीण अहिले यो देश बूढो भयो ?

पीडा, शोक बढेछ आज मुटुमा, भक्कानिई रुन्छु म
पिट्दा दुःख र कष्ट भोग्न नसकी छाती, सधै हेर्छु म
जेजे भो ल यसो गरौं अब भनी भन्ने न कोही भयो,
बक्यै फुट्नसमेत मुश्किल अहो यो देश बूढो भयो ?

बढ्ने साहस, आँट खै अघि सरी यस्सै बसी हुन्छ र ?
गर्ने जाँगर, सीप, शक्ति नभए बन्लान् त हाम्रा घर ?
भो भो रुग्ण शरीरको किन कुरो गर्ने भयो जे भयो
चल्ने शक्ति समेत छैन अहिले यो देश बूढो भयो ?

यस्तै चाल रह्यो भने त कसरी के पार लाग्ला र खै ?
सुन्नै, बोल्न र हेर्न, चल्न नसके के काम लाग्ला र खै ?
या केही उपचार गर्नु अहिले पर्ने भयो देशको
साँच्चै व्यर्थ छ आश गर्नु अब ता यो देश बूढो भयो ?

कोही सर्वसमर्थ छन् छ तिनको चर्चा तथा गौरव
यो बोल्नै असमर्थ, पाइन विना लाचार झैं बन्दछ।
चल्ने पाइन,आँट,साहस गयो, के गर्न सक्ला र यो ?
पक्कै बोल्न र सुन्न मुश्किल भए यो देश बूढो भयो !

खोज्दैछन् दिन आयु बढ्दछ भनी पर्याप्त सञ्जीवनी
खै द्रोणाचल जान्न आज हनुमान् तैयार आफै बनी
बाटामा छ छली बनेर तपसी यो कालनेमी पनि
बाँच्नै मुश्किल हुन्छ सत्य नमिले पर्याप्त सञ्जीवनी ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x