साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरका समस्या (२)

चोरी गर्दा अँध्यारो हुनु अति जरुरी हो समस्या उज्यालो कालो धन्दा छ नामै किन अबुझ हुँदै तान्छ मान्छे कठालो धन्दा गर्दा समस्या हुन नदिन सधैं चोरले लिन्छ चिन्ता साह्रै ठूलो समस्या हतपत सजिलै फाल्न मिल्दैन चिन्ता ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

चोर्नेलाई समस्या कतिकति छ यहाँ साध्य चल्दैन भन्दा
लुक्ने ढुक्ने कताहो गुपचुपसँग खै गर्न गाह्रो छ धन्दा
त्यो अर्काको भकारी कुनदिन कसरी पार्न रित्तो सकिन्छ
त्यो चिन्ताले सतायो मन तुलबुल भो शान्ति के बाट मिल्छ ।५ ।

दैलोसैलो सबैको पसल र घरको राख्नुपर्ने उघारो
चोर्नेलाई सुबिस्ता दिन सिक जन हो पार्न पाइन्न गाह्रो
टाढा भाग्थ्यो समस्या अझ पनि सबले चोरलाई सघाए
ज्ञानी कोही भएनन् सकस दिन भनी फेरि लाठो उज्याए।६ ।

धोका ताला लगायौ गलत किन गर्‍यौ बन्न थाल्यौ अटेरी
घेराबन्दी गरौला नियतबस कतै चोरका सामु फेरि
हामीलाई सघाऊ वरिपरि प्रहरी घुम्न लागे भगाऊ
हाम्रा सारा समस्या हलगर सहजै बाँच्न चोरेर पाउँ ।७ ।

चाँडै चोर्ने कलाको विकसित गरियोस् मान सम्मान थाल
चोरी गर्दा समात्यौ नियतबस थुन्यौ चल्न थाल्यौ कुचाल
जोजो चोरी डकैतीतिर निडर हुँदै काम गर्छन् जुटेर
त्यस्ता आँटीहरूको प्रगति हुनुपर्‍यो हुन्न बाधा दिएर ।८ ।

चोरी गर्दा अँध्यारो हुनु अति जरुरी हो समस्या उज्यालो
कालो धन्दा छ नामै किन अबुझ हुँदै तान्छ मान्छे कठालो
धन्दा गर्दा समस्या हुन नदिन सधैं चोरले लिन्छ चिन्ता
साह्रै ठूलो समस्या हतपत सजिलै फाल्न मिल्दैन चिन्ता । ९ ।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x