साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असीम पर्खाइहरू

खै, यसपालि त किन हो ! घाम पनि झुल्किन सकेन जून पनि टल्किन सकेन बिहानी भएर तिमी हाम्रोतिर पनि आइदेऊ अँध्यारा छिँडीहरू तिम्रै बाटो पर्खिरहेका छन् ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

(२०५४ सालको राष्ट्रिय कविता महोत्सवमा द्वितीय पुरस्कारद्वारा पुरस्कृत कविता)

पानी सुकेर
खेतहरू बाँझै पल्टिएका छन्
पातहरू झरेर
डाँडापाखाहरू सबै रित्तिएका छन्
घाउहरू फेरि बल्झिएका छन्
ओखतीहरू निख्रिएर
गाउँहरू निख्लाम थाकेका छन्
जोस र जाँगरहरू सिद्धिएर
खै, यसपालि त किन हो !
असार पनि फुल्न सकेन
मङ्सिर पनि झुल्न सकेन
बादल बनेर तिमी
यतातिर पनि गर्जिदेऊ
चुत्रो र ऐँसेलुका झाङहरू
तिम्रै प्रतीक्षामा पङ्क्तिबद्ध छन्
खुख्खा नागी र खर्कहरू
तिम्रै अभिनन्दनको तैयारीमा छन् ।
स्यालहरूका आवाजले
नानीहरू सुत्न सकेका छैनन्
निशाचरहरूको बिगबिगीले
भालेहरू बास्न सकेका छैनन्
टुकीहरू फेरि निभेका छन्
बतासका झोक्काहरूले
हिँड्दाहिँड्दै छाँगाछुर भिरमा
बाटो बिर्सेका छन् यात्रीहरूले
खै, यसपालि त किन हो !
घाम पनि झुल्किन सकेन
जून पनि टल्किन सकेन
बिहानी भएर तिमी
हाम्रोतिर पनि आइदेऊ
अँध्यारा छिँडीहरू
तिम्रै बाटो पर्खिरहेका छन्
चिसा चुलाहरू
तिम्रै उज्यालो खोजिरहेका छन् ।

०००
२०५४ वैशाख ७
आस्था रोपेर मनका गराहरूमा (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x