साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी स्वार्थी इन्द्रियहरू

सिंगार्छ कहिले ज्यान बिगार्छ कहिले मति सद्बुद्धि बटुलून् स्वार्थी जन इन्द्रिय जे जति । मनचित्त नहुन् खोटी गरून् काम जितेन्द्रिय मनमस्त हुने भोगी नहुन् जोगी पराजय !

Nepal Telecom ad

पदम दाहाल :

नलेखूँ नलेखूँ भन्छु लेखनी सग्बगाउँछ
नदेखूँ नदेखूँ भन्छु आँखा लोभी रमाउँछ ।१।

नसुनूँ कि थुनूँ कान भन्दैनन् प्रिय कर्ण यी
बाजा या सुरिलो ताजा बोली सुन्न अजोड यी ।२।

खाऊँ ठिक्क सधँै खाऊँ भन्दा जिब्रो रसाउने
पानी तप्काउँदै स्वादे चाँडै टिप्न अराउने । ।३।

नलम्कून् हात यी दोटा भन्छु बढ्छन् यिनै अघि
आरोपी नबनून् दोषी भन्छु सर्छन् अझै अघि ।४।

हर्हराए खुबै बास्ना नाक खुम्चिन खोज्छ र ?
कलासेर नगर् चाँडो नली स्वादन भन्छ र ? ।५।

होसियार गरी कर्म गर भन्दछ यो दिल
खुट्टा यी बुर्कुसी मारी पुग्न तैनाथ तत्पर ।६।

लचिलो स्पर्श आनन्द पाए मस्त हुने त्वचा
कामना वासना मोह माया खोज्छ जतातता ।७।

लगाम खैँचिए हुन्थ्यो मनै चञ्चलको घर
पुर्छ खाडलमा कैले हुँदा भ्रष्ट भयङ्कर । ।८।

सिंगार्छ कहिले ज्यान बिगार्छ कहिले मति
सद्बुद्धि बटुलून् स्वार्थी जन इन्द्रिय जे जति ।९।

मनचित्त नहुन् खोटी गरून् काम जितेन्द्रिय
मनमस्त हुने भोगी नहुन् जोगी पराजय ! ।१०।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेतृत्व

नेतृत्व

नदी भट्टराई
कुम्भकर्ण

कुम्भकर्ण

लोक सुब्बा
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x