साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाइदाको गणित

जनक हाँस्यो, मौन हाँसो, भनौं मृत हाँसो, जसले घाउमा नुन छर्कियो । आकाशभरि ताराहरू चम्किरहेका थिए, तर कुनै तारा उसको लागि टल्किएको थिएन ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“भाइ, फेरि जानु पर्‍यो खाडीतिर,” पहिले घर छाड्ने बेला जनकको स्वर बगरको ढुङ्गा ठोक्किएझैँ काँपिरहेको थियो । उसको आँखामा आँसु भरिएको थियो, तर ओठमा नुनिनो मुस्कान थियो ।

त्यसबेला टेबलमाथि श्रीमतीको स्वामित्वको नयाँ स्मार्टफोन टल्किरहेको थियो । त्यसको उज्यालो जनकका आँखामा परेर चस्स पोल्यो । त्यस चमकभित्र कतै उसकै अँध्यारो प्रतिबिम्ब हराएको देखिन्थ्यो ।

अहिले सहरमा उसकी श्रीमतीको बिहान “गुड मार्निङ” लेखिएको कपबाट सुरु हुन्छ । बच्चा बोर्डिङमा हुन्छ, दिउँसो ट्युसनमा रहन्छ, बेलुकी आफू पार्लरमा श्रीमतीको संसार बेग्लै छ । फेसबुकमा हरेक तस्बिरको क्याप्सनमा लेखिन्छ- #HappyLife.

उसको दिनचर्याबाट घरबेटी खुसी, पसले खुसी, ट्युसन मास्टर खुसी देखिन्छन् । हरतरहबाट सबैलाई फाइदै फाइदा छ ।

तर खाडीको मरुभूमिमा जनक बिहानदेखि बेलुकासम्म घामसँग साक्षात्कार गर्छ । पसिनाले बनेका अक्षरहरूले उसको अस्तित्व लेख्छन् । ड्युटी सकिँदा हात काँप्छन्, तर मुटु अझै थामिएको हुन्छ ।

“फाइदा त सबैलाई भयो, तर म कहाँ पुगेँ ?” जनक फोनमा मसँग बडबडायो ।

भित्तामा टाँसिएको परिवारको तस्बिरले हाँस्दै उसलाई हेर्दैथ्यो- त्यो हाँसो अब उसको मौन चिहान बनिसकेको थियो ।

त्यसैबीच जनकको फोन बज्यो- “डियर, फेसन शोका तस्बिर अपलोड गर्नुछ, डाटा पठाइदिनुस् है !”

जनक हाँस्यो, मौन हाँसो, भनौं मृत हाँसो, जसले घाउमा नुन छर्कियो । आकाशभरि ताराहरू चम्किरहेका थिए, तर कुनै तारा उसको लागि टल्किएको थिएन ।

आकाशतिर टोलाउँदै ऊ बडबडायो- “म फर्किँदा, आखिर कसलाई कति होला फाइदा ?”

खाडीको तातो हावाले उसलाई भनेजस्तो लाग्यो- “जनक, तपाईंको रगत र पसिनाबाट अरूले फाइदा लिन सक्छन्, र तपाईंको आफ्नै जीवन र आत्माले घाटा भोग्छ ।”

०००
२०८२ कार्तिक २४ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x