साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल बन्दै छ

Nepal Telecom ad

शनिबारको नातो न
चाडबाडको तातोसँग
पाएको विदाको निकास
टिभीमा खोज्दै थिएँ,
छोराले एक्कासी सोध्यो,
हााम्रो देशलाई अझै पनि
डेभ्लपिङ किन भन्दै छ ?
मैले निधार खुम्च्याएर भनें,
किनकि बाबु
हाम्रो देश बन्दै छ ।

उसले सोध्यो,
हाम्रो सिमास्तम्भ किन ढल्दै छ ?
मैले तितो स्वरमा भने,
किनकि बाबु
हाम्रो देश बन्दै छ ।
उसले फेरी सोध्यो,
दाजु विदेश गएर मात्र
हाम्रो घर किन चल्दै छ ?
मैले सास रोकेर भनें,
किन कि बाबु
हाम्रो देश बन्दै छ ।

उसका प्रश्नहरू
रोकिने स्थितिमा थिएनन्
ऊ सोध्दै थियो,
दिदीले जागिर किन नपाको ?
आर्थिक बृद्धिदर किन सुस्ताको ?
साँच्ची सुस्ता किन हराको ?
घरमै हामी किन डराको ?
हाम्रो भविष्य किन जल्दैछ ?
मैले हिम्मत जोडेर भने,
किनकि बाबु
हाम्रो देश बन्दै छ ।

अरुको बन्दै छैन र
के मात्र हाम्रो बन्दै छ ?
हैन बाबु,
अरुको झकिझकाउ बन्दै छ
हाम्रो ठ्याप्पै बन्दै छ,
अरुको विकसित बन्दै छ
हाम्रा विकाश नै बन्दै छ,
अहिलेसम्म बनाएर
तिमीलाई दिई सक्नु पर्ने देश
आज पनि बन्दै छ
भोलि पनि बन्दै छ
बाबु हाम्रो नेपाल सधैं बन्दै छ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x