साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारो जनतन्त्र

Nepal Telecom ad

जुम्रा देख्छु अरुकोमा जति साना पनि
देख्दिन म हात्ती नै होस् आफ्नू छातीमुनि ।।
कस्तो बानी बस्यो–बस्यो परपीडा रोज्ने
आफ्ना लागि प्रशंसाको मात्रै भारी खोज्ने ।।१।।

साँच्चै मान्छे हँु नि म त आफ्नै लागि सोच्छु
आफू बने सबै बन्छ सधैं त्यही सोच्छु ।।
देश मेरो मात्र हो र ! मैले बनाउनू ?
यस्तै लाग्छ मलाई त किन कराउनू ।।२।।

उः जुनीको वकुल्लो म यो जुनीको मान्छे
स्वभाव छ वकुल्लैको रुप मात्र मान्छे ।।
घिउ पनि कोट्टिँदैन सोझो औंलो गर्दा
बुझेको छु भलिभाँती आफ्नो लागि पर्दा ।।३।।

कस्ता मान्छे कस्ता कुरा खान्छन् बुझेको छु
चारो हाल्छु त्यसै गरी जस्तो बुझेको छु ।।
चिप्लेकिरा पनि खस्रा हुन्छन् मेरा अघि
रत पछि लाग्छन् अरु आफू सधैं अघि ।।४।।

आस–त्रास दुवै मेरा हत्केलाका खेल
काम हुनुपर्छ आफ्नो जान्दिन म झेल ।।
आदर्श हो यही मेरो यही गुरूमन्त्र
यसैलाई ठानेको छु प्यारो जनतन्त्र ।।५।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x