साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नैप्रश्न

Nepal Telecom ad

निस्तब्ध
मध्य रातमा
मेरो मनबाट
एक एक गर्दै
हराए आशा र उमङ्गहरू
आँखाबाट सपना
सपनाबाट कथा
र, कथाबाट हराएँ म
तर, कोही पनि खोज्न आएन मलाई ।

घरको मूलढोकामा उभिएका थिए
बलिया सालका रुखहरू
झ्यालमा सजिएका थिए
धातुका स्वस्थ मान्छेहरू
घरका मालिकहरू घरैमा हुँदाहुँदै
कसरी हरायो मेरो सर्टको खल्तीमा
प्रेमले लुकाएर राखेको जेबी पात्रोबाट
एउटा दिन ?
कसले काट्यो हावाभन्दा छिटो दौडने
मेरो घरभित्रको भित्ते घडीबाट समयको पखेटा ?
६०१ जना घरमा हुँदाहुँदै
चारैतिर द्वारपाल
बन्दुकको निसानी
र बलियो घेरा हुँदाहुँदै
चारैतिर
खबरदारीको लहर उर्लिंदा–उर्लिंदै
सबैको आँखा छलेर
कसले टिप्यो मबाट
मेरो मनको खुसी
कसले रुवायो आज मेरो
सपना देख्ने आँखा ?
कसले लुकायो
मेरो मुटुभन्दा प्यारो
बिहानीको उज्यालो क्षितिज ?

मेरो प्रश्न तिमीलाई
मेरो बाकसमा छोपेर राखेको
खुकुरीको धारबाट
कसले काट्यो मेरो शिर ?
मेरो ध्वजाबाट
कसले फुटायो चन्द्रसूर्य ?
घरभरि सबै हुँदाहुँदै
कसले खोस्यो मेरो गीत
मेरो ओठबाट ?
कसले च्यात्यो मेरो भेष
मेरो जीउबाट ?
किन तिमी मौन छौ ?
मेरो प्रश्नसामु
भनः
ती प्रेमका शब्दहरू
कसले लुकायो मेरो
सहमतिको किताबबाट ?

मलाई थाहा छ
घाम उदाएपछि
तिमी मसँग बोल्दैनौ !

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x