साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको, ढाड र पैताला

Nepal Telecom ad

ऊ आफ्नो सुरले अगाडि बढिरहेको थियो । यसो पछाडि हेर्दा उसले दुस्मनले लखेटिरहेको देख्यो ।

००
टाउकाले पैतालालाई भन्यो– अलिक छिटो हिँड् । पछाडिबाट दुस्मनले लखेटिरहेछ ।
पैतालाले भन्यो– किन पो छिटो हिँड्ने ?
टाउकाले फेरि भन्यो– दुस्मनले ढाडमा टेकेर टाउकामा हान्ने नीति लिएको छ ।
पैतालाले फेरि भन्यो– मलाई के त ? टाउकामा हान्ने भन्या र’छ ।
टाउकाले हातलाई भन्यो– दुस्मन ढाडमा टेकेर टाउकामा हान्ने नीति लिएर हान्न आइरहेछ । त्यसलाई ढाडमा टेक्न नपाउँदै आँखा घोचेर पल्टाइदिनू ।
हातले भन्यो– मलाई के ! न मलाई टेक्ने भन्या र’छ न ठोक्ने भन्या र’छ ।
टाउकाले ढाडलाई भन्यो– हेर ! दुस्मन नजिकै आइपुग्यो । ढाडमा टेकेर टाउकामा हान्ने भन्या’छ रे ! टेक्न नदिनू है !
ढाडले भन्यो– मलाई के त ! मलाई हान्ने भन्या त छैन र’छ नि । टेक्दैमा के भो ?
००
गलफदी चल्दै थियो । दुस्मन दौडेर आयो । ढाडमा टेक्यो । टाउकामा ट्वाक्क हान्यो ।
टाउको ढल्यो । ढाड ढल्यो । पैताला उत्तानो प¥यो ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x