डा. कपिल लामिछानेटाउको, ढाड र पैताला
ऊ आफ्नो सुरले अगाडि बढिरहेको थियो । यसो पछाडि हेर्दा उसले दुस्मनले लखेटिरहेको देख्यो ।
००
टाउकाले पैतालालाई भन्यो– अलिक छिटो हिँड् । पछाडिबाट दुस्मनले लखेटिरहेछ ।
पैतालाले भन्यो– किन पो छिटो हिँड्ने ?
टाउकाले फेरि भन्यो– दुस्मनले ढाडमा टेकेर टाउकामा हान्ने नीति लिएको छ ।
पैतालाले फेरि भन्यो– मलाई के त ? टाउकामा हान्ने भन्या र’छ ।
टाउकाले हातलाई भन्यो– दुस्मन ढाडमा टेकेर टाउकामा हान्ने नीति लिएर हान्न आइरहेछ । त्यसलाई ढाडमा टेक्न नपाउँदै आँखा घोचेर पल्टाइदिनू ।
हातले भन्यो– मलाई के ! न मलाई टेक्ने भन्या र’छ न ठोक्ने भन्या र’छ ।
टाउकाले ढाडलाई भन्यो– हेर ! दुस्मन नजिकै आइपुग्यो । ढाडमा टेकेर टाउकामा हान्ने भन्या’छ रे ! टेक्न नदिनू है !
ढाडले भन्यो– मलाई के त ! मलाई हान्ने भन्या त छैन र’छ नि । टेक्दैमा के भो ?
००
गलफदी चल्दै थियो । दुस्मन दौडेर आयो । ढाडमा टेक्यो । टाउकामा ट्वाक्क हान्यो ।
टाउको ढल्यो । ढाड ढल्यो । पैताला उत्तानो प¥यो ।
बुटवल
Subscribe
Login
0 Comments
Oldest






































