साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिल्लिएका बोका थिए

Nepal Telecom ad

रातैभरि झुपडीमा केटा केटी रोका थिए
कठैबरा ! बिचरा ती हिजैदेखि भोका थिए ।

सिरेटोले मुटु काम्ने जाडो उस्तै बढेको थ्यो
भत्किएका भित्ताहरू झ्याल अनि ढोका थिए ।

हप्काउँदै खोल्नु भयो शंका गर्दै बारुदको
भर्सेलीमा ध्वाँसो लाग्या गुन्द्रुकका पोका थिए ।

कस्ता मान्छे भर्ती भए हजुरको पल्टनमा
सुरक्षाको घेराभित्र छिल्लिएका बोका थिए ।

छापामारी गर्नु भयो के भेट्नु भो हजुरले ?
गाउँलेका घरभित्र नाम्ला अनि डोका थिए ।

उर्लाबारी, मोरङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x