साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जहाज र पशुपतीका बाँदर

Nepal Telecom ad

अन्ततोगत्वा नेपाल एयरलायन्सले आज दिउँसो चाईनाबाट एउटा विमान उडाएर ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराली छाड्यो रे । पहिला मैले देखेको शाही नेपाल वायु सेवा निगमको जहाजमा भैरबको मुखौटा चिन्ह थियो जहाजको पुच्छरमा । जता गए पनि ङिच्च दाह्रा देखाउँदै उड्थ्यो । आकाश एकलौटी थियो, खुब मोज ग¥याथ्यो । हुँदाहुँदै आकाशमा अरु पनि चिन्ह बोक्ने विमानहरू हावामा कावा खाँदै उड्न थाले । भैरबहरू बिस्तारै लुक्न थाले । आजभन्दा भोलि, भोलिभन्दा पर्सि कम हुँदै गए । त्यसपछि ठूलो भन्ने विमान दुईटा मात्र छ भन्ने चिन्नकै लागि विमानको पुच्छरमा निलो र रातो धर्सो कोरेको चिन्ह राखियो । यी पनि जता गयो उतै हाम्फाल्न थाले । प्राय निमिट्यान्न भाको बेलामा आज अर्को खाले चिन्ह बोकेर हँसिलो अनुहारका साथ एउटा विभान एयरपोर्टमा ओर्लियो रे ! मैले त समाचार मात्र सुनेको देख्या सत्य होइन ।

विमान हाँस्दै ओर्लिनुको पनि रहस्य होला पशुपतिका बाँदर । पक्कै पनि पाईलट त चाईनिज नै आएका थिए होलान् । त्यसै भएर हँसिलो देखिएको हुनु पर्दछ । तर एयरपोर्टका बाँदरहरू चाहिँ नयाँ विमान अवतरण गरेको देखेर हाँसेको हुनु पर्दछ । नयाँ आहारा मिल्यो भनेर । एयरपोर्टमा बाँदरहरू बढी भएको कारणले नै पहिलाका विमानहरू एकपछि अर्को गर्दै सकिएको हुनुपर्दछ भन्ने बाँदर विज्ञहरूको ठम्याई छ । बाँदरहरूले कहिले विमानको पाङ्ग्रो कोपरे त कहिले इन्जिन नै चिथोरे । विचरो चाईनिज विमान र त्यस्को चालक दललाई के थाहा यहाँका बाँदरहरूको असली स्वरुप । कुनै टुप्पोमा चढेर हल्लाउँछन् त कुनै हाँगामा बसेर हल्लाउँछन् । कोही जरो उखेल्छन् । बबुरो विमानले केही समयको छोटो अन्तरालमा थाहा पाउने छ यहाँका बाँदरहरू कति निर्लज्ज छन् भनेर, आफै अर्काले पिउँदै गरेको तातो चियामा औँलो हाल्छन् अनि चियाले पोल्यो भनेर चिया पिउनेलाई झापट हान्छन् यहाँका बाँदरहरू ।

विमानमा चराचुरुङ्गीलाई गुण लगाउन नदिई, बाँदरहरूलाई कोपर्न एवं चिथोर्न नदिई राम्रो स्याहार सुसार गरेर चलाउने हो भने त कोनि तर बाँदर रुङ्ने र धपाउने कस्लाई जाँगर आउला र ! विमान बिग्रिने र ठाउँ कुठाउँ हाम्फाल्नेमा बाँदरे प्रवृत्ति र छिटो कमाउने धोको मुख्य रहेको पनि विमान विज्ञको भनाई हुनुपर्छ । उचाल्न सक्ने भार भन्दा बढी बोकाउने अनि जता पायो उतै ठोकाउने नगरी ठिक्कसँग चलाउने अनि व्यवस्थापनमा राम्ररी ध्यान दिने हो भने विमानले राम्रो प्रगति गर्ने छ नत्र उही हो हात लाग्यो सून्य, बाँदरको नाङ्गो नाच ।

गल्कोपाखा, काठमाडौं
२०७१/१/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x