साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो घर र मेरो देश

Nepal Telecom ad

बनाउँछु, अनि फेरि भत्काउँछु
भत्काउछु, अनि फेरि बनाउँछु
मेरो घर, र सँगसँगै मेरो देश
इतिहासले दिएको बरदान सायद
गरिबीको गन्ध ठुस्ठुस्
सनकको गन्ध फुस्फुस्
दुबै गन्धको सम्मिश्रण
दुङ्दुङी छरी रहेछु
दुइटै भूगोलमा
मेची कालीको भूगोल
र, आफ्नै निवासको भूगोल
बनाउँछु, अनि फेरि भत्काउँछु
भत्काउँछु, अनि फेरि बनाउँछु ।

मेरो देशको राजमार्ग बनेको छ मेरो घरको पेटी
उल्लासमय शिलन्यास र उद्घाटनको इतिहास
जमघट, भोज–भतेर, ह्विस्की बियरको खोलो
छिमेकी र शुभचिन्तकको ओइरो
फगत अस्थायी सन्तुष्टी
न त घर अनुसारको पेटी
न त जन अनुसारको राजमार्ग
मेरा अदूरदर्र्शिताको सिकार
मेरा अक्षमताका निसानी
मेरो र मेरो देशको निरन्तर खेती
बनाउँछु, अनि फेरि भत्काउँछु
भत्काउँछु, अनि फेरि बनाउँछु ।

मेरो देशको योजनाको तस्बिर
झुण्डिएका छन मेरो घरका भित्तामा
हुबहु खानेपानी संस्थान ओकल्छ मेरो धारो
झुक्किएर तप्ल्याक तुप्लुक
हुबहु बिजुली संस्थान बल्छ मेरो बत्ती
फुर्सद मिल्दा झल्याक झुलुुक
मेरो घरको ढल निकाश हुबहु जुम्ल्याहा जस्ता छन्
आफ्नै देशको सिँचाइ नहर र कुलो झै
बेपर्बाह टालिने, पुरिने र कामै नलाग्ने
हुन्छ कि यसो, मिल्छ कि यसो
मेरो देश बोक्दै छ भारी– जोड्ने र तोड्नेको
जसरी मेरो घर तोडिदै छ र जोडिदैछ
बाध्यता र बुध्दुपनाको उपज
क्षमता र विद्वताको खडेरी
धाँजा परेको खप्पर मेरो देश अनि म
डोहोर्याउँदै छन् दुबैका जन्म कुण्डली
र म
बनाउँछु, अनि फेरि भत्काउँछु
भत्काउँछु, अनि फेरि बनाउँछु
सायद कालन्तरसम्म !

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x