सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म त्यस्तो जनता

Nepal Telecom ad

तपाईंले तँ को होस् भन्नु होला
मलाई म, मै हुँ भन्ने आँट छैन
म त्यस्तो देशको नागरिक
झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ
रगतमा करेन्ट बगाउने जात
घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,
दुई खुट्टा भएकै कारण सबैले मान्छे भन्छन्
तर नागरिक भन्न लाज लाग्छ
श्री तीनको आठपहरिया
श्री पाँचको रैती
श्री आठको झोले
म त्यस्तो जनता
सार्वभौम सम्पन्न भनेर संविधान लेख्नेलाई पाप लाग्छ,
जब जब भोट हाल्न लाईन बसिन्छ
बन्चरो देखाएर मतपत्र खोसिन्छ
कसरी सार्वभौम सम्पन्न छु मलाई थाहा छैन
लालपुर्जा र नागरिकता
दुईवटा दह्रा प्रमाणहरू छन्
तै पनि म यो देशको हुँ जस्तो लाग्दैन ।

धादिङ, हाल : काठमाडौंं
फोन नं.:९८४१४५०३५०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल