साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उता कृष्ण कृष्ण यता राधे राधे !

Nepal Telecom ad

छोरा बुहारी जागिर खान गए
नाति नातिना स्कुल पढ्न गए
यता घरमा बुढो दिनभर एक्लै व्याकुल छ
उता पल्लाघरे बुढीको पनि त्यही हाल छ ।

परिवार ठूलो छ, बुढो एक्लै छ
इस्टमित्र धेरै छन्, बुढी एक्लै छ ।

बुढो उता जान मिलेन, बुढीका सन्तान छन्
बुढी यता आउन मिलेन, बुढाका सन्तान छन् ।

राती झ्याल खोलेर बुढो ख्वाक्क खोक्छ
उता बुढीको कोठामा बत्ती ट्वाक्क बल्छ
बुढो हत्तपत्त चस्मा खोज्न थाल्छ
बुढी हत्तपत्त मुखमा दाँत कोच्न थाल्छिन् ।

दाँत कोचिसकेर बुढी ‘हे कृष्ण’ भन्छिन्
चस्मा लगाई सकेर बुढो ‘राधे राधे’ भन्छ
उता कृष्ण कृष्ण यता राधे राधे
भजनमै बिते रात सबै कस्ट भागे ।

उता दमको स्याँस्याँ यता बाथ दुख्छ
साझा एक्लोपनले दुवैलाई पोल्छ ।
सुते सन्तति सब पीडाले यी जागे
उता कृष्ण कृष्ण, यता राधे राधे ।

दुबैलाई सबै थोक पुगेकै छ घरमा
तन मन जलेको खरानी जगतमा
दुबैले जीवनलाई नजिकै बोलाए
उता कृष्ण कृष्ण यता राधे राधे ।

हरेक पल छ युद्ध जीवन जित्नलाई
हरेक पल छ मृत्यु जीवन जित्नलाई
‘न आत्ती, म यहाँ छु’ यो सन्देश सुनाए
उता कृष्ण कृष्ण यता राधे राधे ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x