साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजकालका शिवजी

Nepal Telecom ad

भाङ खाएर मात्ने भोले छ्याङ पिएर ढल्न थाले
गौरीसँग खेल्ने भोले स्कर्टनीसँग चल्न थाले ।

बाघको छाला फ्याँकेर चाइनिज सु किन्छु भन्थे
भष्म लेप गर्ने शिव फिरेनलब्ली दल्न थाले ।

दारी खौरी सुट लगाइ शिव अचेल ह्यान्डसम् भा’छन्
राम्रा मैया देखी भोले भित्रभित्रै जल्न थाले ।

शिव अचेल साँडा बनी नखाने चिज खाँदा र’छन्
गाँजा मात्र तान्ने शिव चरेस स्म्याक मोल्न थाले ।

सैयौँ लभर भइसके रे शिवजीका हिजोआज
डल्लीसँग डेटमा गई पार्वतीलाई छल्न थाले ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x