साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको लागि राजनीति

Nepal Telecom ad

कुरो नबुझी प्वाक्क बोल्ने मान्छेहरूको हामीकहाँ कमी छैन । अरु त अरु बुद्धिजीवी बनेर खाइटोपलेका मान्छेहरू पनि कुरै नबुझी मुख खोल्ने गरेकोे देख्दा हामी जस्ता राजनीतिज्ञलाई नमज्जा लाग्छ ।

मेरा एक जना छिमेकी छन् । उनले आपूmलाई अब्बल दर्जाको बुद्धिजीवी प्राणि हुँ भन्छन् । त्यसैले मलाई देखिसहन्नन् । कारण के भने मेरो सम्पत्ति सबै भ्रष्टाचारबाट जोडेको रे ! मेरो राजनीति जनताको लागि भएन रे ! मैले जनताको लागि राजनीति गर्दा गर्दा जिन्दगी बिताउन लागिसकेँ । तर उनी भन्छन्– मेरो राजनीति जनताको लागि भएन रे !

हेर्नुस्न ! मेरो घरबार देखेर उनलाई जलन हुन्छ । मैले भ्रष्टाचार गरेँ रे ! भएन, जनतालाई लोभ्याएर, धम्क्याएर र तर्साएर जनताबाट भोट लिएँ रे ! अनि जनतालाई हेरिन रे ! चुनावको बेलामा कुनै कार्यकर्ताले कसैलाई– ‘ए फलानालाई भोट दिनुपर्छ है, नत्र राम्रो हुन्न ।’ सम्म भनेहोलान् । कसैलाई यसो चिया चमेनासम्म गराए होलान् । यसैलाई लोभ्याएको, तर्साएको भन्ने ?

मैले कुनै भ्रष्टाचार गरेकै छैन । मैले जिन्दगीभर राजनीति गरेर कमाएको, श्रीमतीले गुन्द्रुक खुर्सानी बेचेर कमाएको, असनमा घिऊ बेचेर कमाएको, छोराछारीले मज्दुरी गरेर कमाएको र मेरो पहाडको सात रोपनी खरबारी बेचेर आएको सबै सम्पत्ति जोड्दा त्यस्तै चार–पाँच करोडभन्दा बढी मसँग भए तपाईं मारिहत्ते । के यो पनि भ्रष्टाचार गरेको, जनता ठगेको हुन्छ र ? तपाईं नै भन्नुहोस्न !

जनताको लागि राजनीति गर्दा कहिले कहीँ दश–बीस हजार मानिस मारिन्छन् । दश–बीस अरबको सम्पत्ति नोक्सान हुन्छ । देशको विकास बीस–तीस वर्ष रोकिएला । त्यो त ठूलो कुरो भएन नि ! जनतालाई मालिक बनाउन हामीले राजनीति गरिरहेका छौं । सानो कुरो हो ? प्रजातन्त्र बहाली भएपछि त जनता त्यसै सुखी र सौभाग्यशाली हुँदैगएका छन्, अबको गणतन्त्रले जनतालाई कति माथि पु¥याउने हो ? त्यो त हेर्नै बाँकी छ ।

के गर्नु ! हप्ताको दुई चार दिन नेपाल बन्द, उपत्यका बन्द जस्ता कार्यक्रम राखेको पनि उनलाई मन पर्दैन । आखिर हामीले तोडफोड, आगजनी, हत्या, लुट–पाट र बन्दजस्ता कार्यक्रम हाम्रो खुसीले गरेको त होइन नि ! जनताकै लागि बाध्यताले गरेको न हो ! यति पनि नसहने ! हे ईश्वर ? यी बुद्धिजीवी भनाउँदाको घैँटोमा कहिले घाम लाग्ला ?

धुम्बाराही–४, काठामाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x