साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनु र म

Nepal Telecom ad

बैजनी रङगमा सजिएर
वैभवयुक्त पहाडहरूमा
छम छम नाच्दा
सूर्य हाँसिरहेको थियो
चन्द्ररागिरीमा
आस्थासँग टाँसिएर
मैन बत्तीको प्रकाशमा
हामी रमाइरहेथ्यौँ
चारैतिरको खतरा र भय तोड्दै
शिष्टाचारपूर्वक
हरेक मोर्चाहरूमा
निरन्तरनाचीरहयौँ
पृथ्वीघुमेझैँ फनफन
हामीहरू
मलाई उत्साह लागिरहेथ्यो
हाम्रा विचारहरूले जित्नेछ
नीलो आकाशमा
घनश्यामहरू उडिरहेथे
हामी पृथ्वीमा नाचीरहेथ्यौँ
परिवर्तन हुन
कहिल्यै नथाक्नेगरी
झण्डाहरू फहराउँदै
पहाड,बेसीमा डुलीरहयौँ
मैले फूलबारी हेरेँ हेरिरहेँ
निथ्रुक भिजेर
मेरी चुनु हराइ सकेकी छिन्
मुटु भक्कानिएर आयो
सेतीको किनारमा
बेगनासको प्रवाहले
मलाई ठुँगीरह्यो
पोखराका समतल भूमिमा
हुँडारहरू क्रुद्धहुँदै गजिर्रहेका थिए
चट्टानका डङगुरमा
मेरी चुनु लाई पुरिएको
म घनश्याम झैं चड्किएँ
फेवाको किनारमा
भोका हुँडारहरू
माछापुछरेको हावाझैं
मलाई लखेटिरहेका थिए
हामीले
हाम्रा उत्तरदायित्वप्रति
गर्वगरिरहेका थियौँ
सडकका छेउछाउमा छरिएका
भोका र उदासीन मानिसहरूलाई
हौसला दिँदै
उनीहरूका गीत गाउँदै
उनीहरूसँगै नाच्दै
हामी हाम्रो यात्रामा
युरेनियम–अग्नि बाल्दै
अघि बढिरहेथ्यौँ
हजारौँ टाकुराहरूमा
भुरुङखेलबाट
देशेमरुझ्या हुँदै
पूर्व पश्चिम फैलिँदै
चुनु र मेरो
यात्रा निरन्तर चलिरह्यो
म भर्खरको सिपाही
विचारका कालिगढसँगै
नयाँ युग पाउने आशामा
चुनु रम नाचिरह्यौं
समाजलाई गतिशील बनाउँदै
हाम्रा यात्रा
अन्धविश्वास र प्लेग चिर्दै
मादीझैं बगिरह्यो
नृत्यहरू
हृदयस्पर्शी भएर
फूलबारी बासीहरू
जनर्दनका मथिङ्गलमा
चुनुका गीतहरू सुनाऊँ
भौगोलिक
सांस्कृतिक कथा सुनाउँ
ऊर्जा लिएर
म फूलबारी आइरहेछु
कवाज खेल्दै
सारङकोट हुँदै
झरिरहेछु
उकाली ओराली
सेतीझैं
एउटा निशानी लडाइ जित्न
ती दृश्यहरू
गंगा जमुना भएर बज्रिन्छ
साथी
युद्धका ससानाकणहरू
मास्तिर फैलिरहेछन्
पर्वत शृङ्खलामा
चुनुका झुल्का परेका दृश्य
मेरो हृदयमा ठोकिन्छ
झुसिलकिराहरू
डरलाग्दो आँखा तरिरहेथेँ
चुनुका नृत्यले
अनगिन्ती संसार बदलीरहेछ
मानिसहरू ताराझैं
चुनुसँगै चम्किरहेछन्
म मुस्कुराइरहेछु

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x