साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोद्दर लागेको त्यो दिन …

Nepal Telecom ad

आफू परियो हाईड्रोफोबियाको महा बिमारी ! बरु गन्हाएको शरीरमा महंगो पर्फ्युम छर्केर हिँड्ने तर महिनौँसम्म नि नहुहाउने !

साला, आजै पर्फ्युम छर्कन भुलेछु, आजै अफिस जाँदै गर्दा एउटी युवतीले मोटरसाईकलमा लिफ्ट मागी ! आफू चैँ नारी अधिकारको पक्षमा वकालत गर्दै हिँड्ने खुङ्खार महिला अधिकारवादी मान्छे परियो ! लिफ्ट नदिउँ पनि कसरी !

ती युवतीलाई कता कता देखे देखे जस्तो, चिने चिने जस्तो लाग्छ तर सोधी खोजी गर्ने हिम्मत पनि भएन ! “ति युबतीलाई मैले कतै देखेकै चिनेकै हुनुपर्छ” यही तर्कनाले दिनभरि पिरोलिरह्यो !

मध्य राती मात्र झल्याँस्स यकिन भो, उनलाई त मैले फेसबुकमा पो चिन्या हो त ! हत्तपत्त जर्फराउँदै उठेँ, हतार हतार फेसबुक खोलेँ, उनको प्रोफाईल सर्च गरेँ !

मेरी बास्सै ! उनको स्टाटस देखेर म त तीन छक परेँ बा ! लेखिएको थियो– “आज कलेज जाँदा बस छुट्यो, एक जना मान्छेलाई मोटरसाईकलमा लिफ्ट मागेँ ! माई गड ! त्यो मान्छे त छिप्पिएको बोको भन्दा नि बढ्ता गन्हाएर म त एकछिन पनि बस्न सकिन त्यसको मोटरसाईकलमा ! कलेज पनि नआईपुग्दै उत्रेर अर्को बसमा चढेर कलेज पुगेँ !”
जदौ, नमस्ते यो ‘दिल द्वन्दी’को !!!
– दिल द्वन्दी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x