साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिसाचको आतङ्क

Nepal Telecom ad

चकमन्न रात
चुक घोप्टिएको
लमतन्न सुतेको शहर
दर्गादिशा लागेका साथीभाइ
सुतेका लालाबाला
जङ्गलमा स्यालको हुइँया
बरको टुप्पोबाट हुचिलको शंखनाद
कतै खत्र्याङ खुत्रुङ
कतै पदचाप
छायाँ जस्तो पनि
भ्रम जस्तो पनि
राज्य छिनीसके जस्तो
घरभित्र पिसाच पसी सकेछ ।
न गुण अवगुणको भेद
न प्रेम न करुणा
आफ्नै स्वत्वको सम्मोहनमा
अँध्यारो अँध्यारो गल्लीमा
कुनाकाप्चामा
लुकिछिपी लुकिछिपी
विचरण गर्छ ऊ
घाम भागेको बेला
चकोरले जून पर्खेको बेला
सुटुक्क पस्छ ऊ
कसैको सातो हरण
अरुको निद हराम
घरभित्र पिसाच पसी सके छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम संदेश

अन्तिम संदेश

टङ्क कार्की
पख, म आफैं फाँसी चढ्छु 

पख, म आफैं फाँसी...

टङ्क कार्की
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x