टङ्क कार्कीपिसाचको आतङ्क
चकमन्न रात
चुक घोप्टिएको
लमतन्न सुतेको शहर
दर्गादिशा लागेका साथीभाइ
सुतेका लालाबाला
जङ्गलमा स्यालको हुइँया
बरको टुप्पोबाट हुचिलको शंखनाद
कतै खत्र्याङ खुत्रुङ
कतै पदचाप
छायाँ जस्तो पनि
भ्रम जस्तो पनि
राज्य छिनीसके जस्तो
घरभित्र पिसाच पसी सकेछ ।
न गुण अवगुणको भेद
न प्रेम न करुणा
आफ्नै स्वत्वको सम्मोहनमा
अँध्यारो अँध्यारो गल्लीमा
कुनाकाप्चामा
लुकिछिपी लुकिछिपी
विचरण गर्छ ऊ
घाम भागेको बेला
चकोरले जून पर्खेको बेला
सुटुक्क पस्छ ऊ
कसैको सातो हरण
अरुको निद हराम
घरभित्र पिसाच पसी सके छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































