सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ शक्तिको बहस

Nepal Telecom ad

हिजोआज
सहरका
मोटा जुकाहरू
रगत चुसेर हुकिर्एका
किर्नाहरू
साकाहारी गफ गर्दैछन्
जसको निश्वासमा
जनताको
स्पन्दन लुटिएको छ
जसको प्रत्येक भोजनमा
निहत्थाको
गाँस खोसिएको छ
तीनै आज राग अलाप्दैछन्
उन्मुक्तिको नारा फलाक्दैछन्
सहरीया
मोटा किर्नाहरू र जुकाहरू
आफू अघाएपछि
अरुको
खराबीको पर्दा खोल्छन्
बदमासीको ढोँग रच्छन्
अपराधी जुकाहरू
आफू परनिर्भरतामा बाँच्छन्
अरुलाई स्वाभिमानको अति दिन्छन्
आफू डलरको खेती गर्छन्
निर्यात प्रवर्धनको वकालत गर्छन् ।

जोरपाटी–४, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही