साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ शक्तिको बहस

Nepal Telecom ad

हिजोआज
सहरका
मोटा जुकाहरू
रगत चुसेर हुकिर्एका
किर्नाहरू
साकाहारी गफ गर्दैछन्
जसको निश्वासमा
जनताको
स्पन्दन लुटिएको छ
जसको प्रत्येक भोजनमा
निहत्थाको
गाँस खोसिएको छ
तीनै आज राग अलाप्दैछन्
उन्मुक्तिको नारा फलाक्दैछन्
सहरीया
मोटा किर्नाहरू र जुकाहरू
आफू अघाएपछि
अरुको
खराबीको पर्दा खोल्छन्
बदमासीको ढोँग रच्छन्
अपराधी जुकाहरू
आफू परनिर्भरतामा बाँच्छन्
अरुलाई स्वाभिमानको अति दिन्छन्
आफू डलरको खेती गर्छन्
निर्यात प्रवर्धनको वकालत गर्छन् ।

जोरपाटी–४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x