साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिजिटल कट्टु

Nepal Telecom ad

ऊ प्रशिक्षण कक्षबाट बाहिरियो । सुन्दर, शान्त, भव्य र गोप्य रिसोर्टमा प्रशिक्षण भएको थियो । ‘डिजिटल युग आइसक्यो, हामीले हरेक कार्य सोचेर बुझेर नयाँ ढङ्गले गर्न सक्नु पर्छ । शोषक, सामन्तले हुर्काएका पुराना विचार, मूल्यमान्यता र पुराना वस्तु फालेर अघि बढ्नु पर्छ । हाम्रो लबाइ–खबाइ र उठबसमा आमूल परिवर्तन आउनु पर्छ …।’

ऊ शीर्षस्थ नेताका विचारलाई पुनः पुनः स्मरण गर्दै अगाडि बढिरह्यो । ‘आजै र अहिल्यैबाट व्यवहारमा चेन्ज ल्याउनु पर्छ’ उसले मनमनै प्रतिबद्धता जाहेर ग¥यो ।

जिल्लाबाट हतारहतार प्रशिक्षणमा भाग लिन आउने क्रममा उसले अत्यावश्यक सामान ल्याउन सकेको थिएन । त्यसै क्रममा कट्टु पनि छुटेको थियो । आफ्नै जिउ आफैँलाई डुङ्ग गनाउन थालेकाले ननुहाई भएको थिएन । ऊ बजारबजार भौंतारियो । अन्तमा एउटा ठूलो फेन्सी स्टोरमा छिर्यो र आफूले नयाँ कट्टु चाहेको बतायो ।

विक्रेताले एक नयाँ कट्टु देखाउँदै भन्यो, ‘यो मेड इन इन्डिया हो । कम्फरटेबल छ ।’
उसले भन्यो, ‘यस्तो होइन ।’

विक्रेताले अर्को कट्टु देखाउँदै भन्यो, ‘यी यो लिनुस् । यो मेड इन थाइल्यान्ड हो । नयाँ र राम्रो छ ।’
उसले भन्यो, ‘यस्तो होइन ।’

विक्रेताले अर्को कट्टु देखाउँदै भन्यो, ’यो लिनुस् । यो मेड इन अमेरिका हो । एकदम नयाँ र राम्रो छ ।’
उसले भन्यो, ‘यस्तो होइन ।’

विक्रेताले अर्को कट्टु देखाउँदै भन्यो, ‘यी यो लिनुस् त्यसो भए । यो मेड इन चाइना हो । नयाँ र राम्रो छ ।’
उसले भन्यो, ‘यस्तो होइन ।’

क्रम चलिरह्यो । ऊ रिस्सिँदै र विक्रेता चिसिँदै गए ।
उसले अलिक झोक्किएर भन्यो, ‘तपाईं कस्तो विक्रेता हो ? जमाना अनुसार चल्नु पर्छ । यस्ता बाउबाजेका पालाका कट्टु लाएर पनि देश बन्छ ? मलाई नयाँ अर्थात् डिजिटल कट्टु चाहियो । यस्ता कट्टु लाएर पनि कहीँ पार्टी र देश हाँकिन्छ ?’
विक्रेता स्तम्भित भयो ।
उसले भन्यो, ‘नेताज्यू, त्यस्तो कट्टु भोलि आइपुग्छ । भोलि आउनुस् है ।’
तर त्यो भोलि अझै आएको छैन ।

भैरहवा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x