साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषणको चमत्कार

Nepal Telecom ad

खोलो भाषणका पाक्छन् फत्कन्छन् कति फत्फत
पोतौँ भाषण भित्तामा पारौँ न अझ लत्पत
गरौँ भाषणकै खेती फल्छ भाषण बोटमा
टिपौँ भाषणकै बाला राखौँ भाषण ओठमा ।

रोप्दै भाषणकै खेत धानैधान फलाउँला
तिनै धान चपाएर वर्षौं सत्ता चलाउँला
सक्छौँ भाषणले हामी तातो सेल पकाउन
सक्छौँ भाषणमै सोझा छक्याउन फकाउन ।

बत्ती भाषणले बाल्छौँ देशै बदल्न थाल्दछौँ
धारामा नचुहे पानी हामी सर्लक्क हाल्दछौँ
उर्ले भाषणकै भेल निर्धो बग्दछ भेलमा
माछा भाषणका मर्छन् तार्न सकिन्छ तेलमा ।

पैसा भाषणको हाम्रो आफ्नो पेसा चलाउँछौँ
बोक्छौँ भाषणको राँको जे जे भेट्यो जलाउँछौँ
हामी भाषणले बेर्छौं शब्दजाल बनाउँछौँ
राजनीति खुवै गर्छौं भाषणमा गनाउँछौँ ।

बन्छन् भाषणले साँघु गुड्न थाल्दछ मोटर
हाम्रा भाषणमा जस्तो चमत्कार कहाँ छ र ?
हाम्रा भाषण पुग्नेछन् नेपाली घर गोठमा
निर्धा भाषणमा भुल्छन् हामी भुल्नु छ नोटमा ।

प्राप्चा– ७, ओखलढुङ्गा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x