साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र र फूलमाया

Nepal Telecom ad

फूलमाया जनआन्दोलनताका
पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर
लोकतान्त्रिक आन्दोलनका लागि
जव तिमी गाउ“बाट शहर आएकी थियौ
त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो ।
मानसपटलमा
नयाँ नेपालको परिकल्पना थियो ।
लोकतन्त्रको अर्जुनदृष्टिमा
हाम्रो एकता/हाम्रो सहिष्णुता
हाम्रो त्याग र हाम्रो समपर्णले
हामीले हराएका थियौं एउटा सामन्ती अ“ध्यारोलाई
०६३ वैशाख ११ पछि
हामीले जितेको त्यो सुन्दर उज्यालाको सत्ता
आदरणीय महामहिमहरुलाई जिम्मा लगाएर
तिमी गाउँ फर्केकी थियौ फूलमाया
महामहिमहरु
एकबर्षभित्रै नयाँ नेपाल बनाउने कुरा गर्थे
जनताको आँखामा नयाँ सपना भर्ने बाचा गर्थे
तर विडम्बना
लोकतन्त्रको स्थापना भएको पनि
अहिले छबर्ष वित्नै लागेछ ।
अशान्ति, अराजकता र महङगी बाँडेर
लोकतन्त्रले भन्दैछ फूलमाया
यही नयाँ नयाँ नेपाल हो ।
कसरी पत्याउँ फूलमाया
यो भ्रमको बजारलाईं
यो वीचमा हामीले अखवारमा
लोकतन्त्रका थुप्रै भाषणहरु सुन्यौ
रेडियो र टेलिभिजनमा
लोकतन्त्रका आश्वासनहरु पायौं फूलमाया
तर अहिले पनि
कर्णालीमा भोक उही छ/झुपडीमा शोक उही छ ।
नेताहरुको रवाफ उस्तै छ/जनतामा दवाव उस्तैछ ।
म कसरी बुझाउ“ आफ्नो मन
यो लोकतन्त्र र नयाँ नेपाल हो भनेर
हामीले कल्पना गरेको नयाँ नेपालमा
लोकतन्त्रले हुम्लामा सिटामोल पु¥याउन सक्दैन भने
जुम्लामा चामल पु¥याउन सक्दैन भने
फूलमाया
आज पनि हामीलाई लोकतन्त्रको दिग्भ्रम बा“डेर
हाम्रै नेताहरुले
हामीलाई ढा“ट्दैछ्न्
अभिशप्त घटनाक्रमहरुको मूल फ्रेमभित्र
मैले मधेश जलेको देखेको छु ।
मैले पहाड उठेको देखेको छु
जनजाती, आदिवासी र दलितहरु
फेरिपनि छुटाईदैछन् रे नयाँ नेपालको नक्साङ्कनबाट
म स्वीकार्न सक्दिन फूलमाया
यो असमान सम्झौता
म पत्याउन सक्दिन फूलमाया
यो असहिष्णु लोकतन्त्र
अन्तिमपटक पटुकीमा सातु र पिठ्यूमा छोरी बोकेर
शायद अर्को निर्णायक आन्दोलन गर्नुपर्छ होला
तिमी तयार रहनु फूलमाया ।

बलेवा, बागलुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x