लक्ष्मण लम्सालबजार भाउ
गए हप्ता बन्दा ल्याएँ
तीन दिनभन्दा रहँदै रहेन
हरियो फर्सी ल्याउँछु भन्थ्यो
स्वास्नी चाहिँलाई मिठै भएन
कटरको भाउ अति भयो
एक किलोको साठी अरे
भाउ बढेर ढाड भाँचिने भो
ढिँडो हो कि भात खाउँ भरे ।
मासको दाल त कहाँको पाउनु
काउली पनि अति बढ्योे
कुहुन लाग्या गोलभेंडा नि
चालिसभन्दा नि माथि चढ्यो
सिमलतरूल हेर्नै नपाई
खल्ती पनि रित्तिई सक्यो
हेर्दाहेर्दै रायोको साग
एकै छिनमा सिद्धिई सक्यो ।
घरमा एउटी मालिक्नी छे
टाउको दुख्यो भन्न थाल्छे
मुलाको तिहुन पकाउँदा नि
आँखा तरी हेर्न थाल्छे
करेला किन्ने पैसै छैन
बोडी बजारमै देखिन
भाउ बढेर अति भयो
लौ न मैले त स्वास्नी पाल्नै सकिन ।
भोजपुर
Subscribe
Login
0 Comments
Oldest






































