साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बढुवामा ब्रिफकेस ?

Nepal Telecom ad

आज राति सपनीमा ब्रिफ्केसले गुनासो गरेर हैरान पार्यो । उसले भन्यो– ‘संसारभरमा नेपालमा नै म सबभन्दा बढी लोकप्रिय छु । मेरो उपयोग मन्त्रालय, विभाग, पार्टी कार्यालय, सेना, एनजीओ, दूतवाास, अदालत, संस्थान जाहाँसुकै हुन्छ । अर्थात म सर्वव्यापी छु । म बिना कोही पनि बाँच्न सक्दैनन् । तर यस्तो सर्वव्यापी मलाई केवल प्रहरीको बढुवामा मात्र प्रयोग गरिएको भनेर अपमान गरियो ।’

उसको कुरा सुनेपछि वास्तवमा ब्रिफकेसको अपमान भएकै हो भन्ने मलाई पनि लाग्यो । मैले भनेँ– ‘ब्रिफकेसजी ! तपार्इंजस्तो सर्वव्यापीलाई जाबो प्रहरीको बढुवामा मात्र सिमित भएको भन्नु ठीक भएन । यस कुराले तपाईंको अपमान भएकै हो भन्ने कुरामा म पनि सहमत छु । त्यसैले तपाईंको यो भनाई फेसबुकमा राखेर भए पनि तपाईलाई न्याय दिलाउन प्रयास गर्ने छु ।’

मैले यति भनेपछि ‘लौ अब अर्थमन्त्रीको बजेट बोक्ने बेला भयो, यसबाट नै मेरो वर्षभरिको ओहोर दोहरको गति र सङ्ख्या निर्धारण हुन्छ’ भन्दै ब्रिफकेसजी बिदा भए । म पनि सपनाबाट बिउँझिएँ र उठेर बसेँ । कुरा सपनाको भए पनि बिपनामा पनि कहाँ फरक छ र भन्ने लाग्यो अनि आफ्नै लुतेधन्दातिर लागेँ ।
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x