बद्रीप्रसाद दाहाल ‘भस्मासुर’काङ्ग्रेस रेस रोकियो
भ्रात्री–भगिनी संस्थामा, चुनावै नहुने भयो
पितामह बन्यो पुत्र, तन्नेरी दलमै छ पो ।
प्राध्यापक भए छात्र, नेविसङ्घ बसी बसी
नेता किसानका हुन्छन् ,तारे होटलमै बसी ।।१।।
तदर्थवादको छाद, किटाणुु छर्छ वादमा
लोकतन्त्र खिएको छ, नेताका आँतआँतमा ।
लबी उपलबी बन्दा, अयोग्य तुच्छ बोकियो
तदर्थवादले गर्दा, काङ्ग्रेस— रेस रोकियो ।।२।।
दारी जुङ्गा फुले केशै, मुजा मुख परी सके
बल्ल तरुण नेताको, उपाधी पाउँछन् भरे ।
पुस्तै गायब पारेर, जोश—उत्साह मारियो
कयौ पटक संस्थाका, चुनाबै पर सारियो ।।३।।
धादिङवेंसी
Subscribe
Login
0 Comments
Oldest








































