साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चण्डूको चमत्कारी प्रस्ताव

Nepal Telecom ad

रामे र काले दाजुभाइ थिए । राम चाहिँ दाजु, काले चाहिँ भाइ । राम धेरै चण्डू र धूर्त थियो । तर काले विचरा सिधा स्वभावको थियो । उनीहरू दुवै लेकको भैँसीगोठ रूँगेर बसेका थिए ।

एक दिन गोठ नजिकैको गाउँमा विवाह हुने परेछ । विवाहमा जन्ती जानका लागि उनीहरूलाई पनि निम्तो आएछ । रामेलाई जन्ती जाने इच्छाले कुत्कुत्याइहाल्यो । किनभने जन्ती जाँदा भोज पनि खान पाइन्थ्यो, मनोरञ्जन पनि हुन्थ्यो । त्यसपछि रामेले आफ्नो भाइ कालेलाई बोलाएर भन्न थालेछ ।

रामे– ए काले मेरो कुरा सुन त ।

काले– के कुरा हो लौ भन त ।

रामे– हेर् पल्लो गाउँबाट जन्ती जाने निम्तो आएको छ । त्यसकारण जो भए पनि जन्ती त जानै प¥यो । दुवै भाइ जाँदा गोठ रित्तै हुन्छ । ब्वाँसाहरू आएर हाम्रा पाडाबाछा खाइदिन्छन् । एक भाइले गोठ रूँगेर बस्नैपर्छ । त्यसैले सल्लाह गरौँ । सुन् म दुई वटा प्रस्ताव राख्छु । दुईमध्ये एक जुन रोजे पनि हुन्छ ।

काले– कस्तो प्रस्ताव राख्छस् लौ भन्भन् ।

रामे– सुन् काले, पहिलो प्रस्ताव हो कि– म जन्ती जान्छु तँ गोठाँ बस्, दोस्रो प्रस्ताव हो कि– तँ गोठाँ बस् म जन्ती जान्छु ।

काले– कुन प्रस्ताव रोजूँ भन्दै अकमक्क परेर टोलाइरहेको थियो ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x